गजल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ जेष्ठ २, विहिबार

रमेश रसिक

गजल

को आफ्ना को पराई समयमै बुझ्न सकियोस्।
कस्ले लडाउछ मलाई समयमै बुझ्न सकियोस्।

थोरै माया दिनुस् यार भोलि त छोडेर जानू छ
त्यो बिछोडको दुखाई समयमै बुझ्न सकियोस्।

एक्लै भेट्दा प्रियासंग प्रेमी चुपचाप कैलेसम्म
चाहा प्रियाको लजाई समयमै बुझ्न सकियोस्।

स्वार्थ छ हरेकभित्र लुकाएर राखेको कहिंकतै 
जरुर कसैको पच्छाई समयमै बुझ्न सकियोस्।

पैसा ठूलो कि मन ठूलो अन्योलमा नपरीकन
मलामी नै हुन् कमाई समयमै बुझ्न सकियोस्।

रमेश रसिक
निजगढ-४,बारा