जावलाखेल भलिवल ट्रेनिङ सेन्टरको प्रशिक्षकमा उत्सव

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ जेष्ठ २१, मंगलबार

भलिवल

भनिन्छ जीवन एक यात्रा हो । आरोहअवरोह आइ नै रहन्छ । आरोहअवरोहको प्रबाह नगरी गन्तव्यमा पुग्नलाई प्रयासरत रहन्छ मान्छे । सामान्य रुपले भन्ने हो भने नेपाली समाजमा जस्ले धेरै धन कमाउन सक्यो उसैलाई सफल भएको मानिन्छ । धन हातको मैलो त हो धोयो कि गयो तर नाम कमाउन सकियो भने  नत धोएर जान्छ न त मेटेर । हो त्यस्तो आफ्नो नाम राख्न सबै कहाँ सफल हुन्छ र तर प्रयासरत भने अवस्य हुन्छन् ।
    आफ्नो नामको लागि काम गर्नु जरुरी छ । तर काम गर्ने के भन्ने अन्यौलता पैदा अवस्य हुन्छ नै । मान्छे सफल हुन आफ्नो मनले जे चाहेको र जेमा रुची छ त्यसैलाई निरन्तरता दिने हो भने सफल भइन्छ भन्ने एउटा ज्वलन्त उदाहरण दिन सकिने नाम हो प्रदेश नम्बर ३ अन्तरगत पर्ने ललितपुर जिल्लाको क्षेत्र नम्बर १३ निवासी उत्सव खड्का ।
विसं २०६० सालमा जावलाखेल भलिवल ट्रेनिङ सेन्टरबाट आफ्नो खेल यात्रा सुरु गर्नुभएको थियो । उहाँ  ६६ सालदेखि राष्ट्रिय क्लव च्याम्पियनसिप प्रतियोगिताहरुमा सहभागी भएर आफ्नो जीवनलाई उचाइमा पुराइरहनुभएको छ । 
पहिले जावलाखेल भलिवल ट्रेनिङ सेन्टर र मध्यमाञ्चल विकास क्षेत्र को  नेतृत्व सम्हाल्दै आइरहनुभएको थियो । देश संघियतमा गए पछि प्रदेश नम्बर ३ को पनि नेतृत्व समाल्दै आइरहनुभएको थियो । त्यसैअन्तरगत रहेर भलिबल खेल्ने क्रममा घरेलु तथा राष्ट्रिय प्रतियोगिताहरुबाट उपाधी हात पार्दै आइरहनुभएको छ ।

भलिवल

भनिन्छ मान्छेलाई अवसरले पच्छ्याइरहन्छ  हो त्यस्तै भयो खड्काको जीवनमा । राष्ट्रिय खेलकुद परिसदले प्रदान गर्ने छात्रवृत्तिमा छनौट भएर  भारतबाट १० महिने कोर्ष  -NetaJi Shubhash National Institude Of Sports Patiaya बाट Diploma In Sports Coaching Session 2018-19_ पूरा गरी नेपाल फर्कनुभएको छ । 
उहाँको भलिबल प्रतिको लगाब र मेहनतलाई मध्यजनर गरेर गएको जेठ ५ गतेदेखि जावलाखेल भलिवल ट्रेनिङ सेन्टरको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । यस सेन्टरलाई नेपालकै पुरानो प्रक्षिण केन्द्रको रुपमा लिने गरिएको छ । यसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन भइरहेको छ । बाह्रै महिना भलिबल प्रेमिहरुलाई तालिम दिदै आइरहेको छ ।   
आफ्नो कार्यकालमा जावलाखेल भलिवल ट्रेनिङ सेन्टरलाई उचाईमा पुराउन अग्रजको सल्लाहलाई मनन गर्दै अघि बढ्ने उहाँको भनाई रहेको छ । यस्तै जावलाखेल भलिवल ट्रेनिङ सेन्टरका अध्यक्ष माधव खड्काले नयाँ खेलाडी उत्पादनमा उत्सवको कार्यकाल उर्बर रहने विश्वास लिनुभएको छ । 

भलिवल