धर्म र परम्परालाई शिक्षा र चेतनामा रुपान्तरण गर्नुपर्छ– सभामुख महरा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ जेष्ठ २७, सोमबार

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान

सभामु्ख कृष्णबहादुर महराले धर्म र परम्परालाई शिक्षा र चेतनामा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । 
दिवंगत राम्री तामाङको तेश्रो तीथीमा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले आयोजना गरेको स्वास्थ्य सचेतना तथा सम्मान कार्यक्रममा  बोल्दै सभामु्ख महराले समाज रुपान्तरण गर्नलाई पुरानै सस्कारलाई निरन्तरता दिदा भन्दा फिेरबदल गर्दै ज्ञान वद्र्धक र उपलव्धीमुलक बनाउन तर्फ लाग्नु आवस्यक रहेको बताउनुभएको छ । विशेषज्ञ डाक्टरले बृत्तचित्रमार्फत क्यान्सर रोगबाट बच्ने महत्वपूर्ण शिक्षा दिएर, कृषिका विज्ञहरुद्वारा सुरक्षित कृषि उत्पादनको बारेमा ज्ञान प्रदान गरेर मृतकहरुलाई सम्झिने शैली वास्तवमै दुरगामी र सन्देशमुलक रहेको उहाँको भनाई रहेको थियो । 

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डक्टर राजेन्द्रप्रसाद बरालले क्यान्सर रोगबाट बच्न खाने शैलाीमा सुधार गर्नुपर्ने बताउनुभएको छ । एकैचोटी धेरै नखाई दिनमा थोरै थोरै गरी दिनमा चार पटक खानु स्वास्थ्यका लागि राम्रो हुने उहाँले बताउनुभएको छ । डा. बरालले क्यान्सर रोगका कारण, प्रकृति, लक्षण तथा उपचार विधी सहित बच्ने उपायका बारेमा श्रव्यदृष्य प्रस्तुतिमार्फत सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।
प्रतिष्ठानको संरक्षक समेत रहेको प्रदेश ३ का उपसभामुख राधिका तामाङले आफनो आमा बुवाको स्मृतिमा स्थापना भएको उक्त प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा सेवामुलक कार्यहरु गर्दै आएको बताउनुभएको छ । गुम्बामा बत्ति बालेर, पुजा गरेर मृतकहरुलाई सम्झनु भन्दा चेतनामुलक र सेवामुलक कार्य गरेर सम्झनु वहाँहरु प्रति सम्मान हुने उहाँकोभनाई रहेको थियो ।

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवध्वज जीसी, सहसचिव तेजबहादुर सुवेदी, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादव, शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, नुवाकोट तरकारी जोनका प्रमुख कमलराज गैरे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा खेल क्षेत्रमा क्रियाशील रही राष्ट्रिय तथा अन्तराष्ट्रिय विजेता बन्न सफल नुवाकोट जिल्लाका तीन जना खेलाडीहरुलाई १० हजार १ सय रुपैयाँ नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपालबाट प्रथम ओलम्पीक खेलमा सहभागी भई एशियन च्याम्पियनसीप बन्न सफल तेक्वान्दो खेलाडी संगिना वैद्य, स्वर्ण पदक विजेता रेस्लर कमल तामाङ (नुवाकोटे टाईगर) र रसियन अल स्पोर्ट्स हाम्किदो च्याम्पियनसीपमा कास्य पदक विजेता प्रदिप थापा रहेको प्रतिष्ठानका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभएको छ । 
यस्तै कार्यक्रममा प्रतिष्ठानले नुवाकोट पन्चकन्या निवासी क्यान्सरका विरामी कृष्णबहादुर तामाङलाई  पन्ध्र हाजर नगद सहयोग प्रदान गरिएको छ ।