गजल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ जेष्ठ ३०, विहिबार

मणी आशु

उस्को सामु प्रेमिल गित गाउनु छ मैले
मुटु भरी उस्लाई नै सजाउनु छ मैले

क-कसका लागी कति माया छ भनेर
हतियारले छाती चिरी देखाउनु छ मैले

छरेको छु फुलको बिज यो हृदय भित्र
फक्रेपछी उस्को हातमा थमाउनु छ मैले

प्रेम मरेर हैन बाचेरै गासिन्छ भनी
रोमियो र जुलियटलाई सिकाउनु छ मैले

एकै छिन पर्ख त... ए‘! परदेशी हावा
अलिकति उस्लाई प्यार पठाउनु छ मैले

मणी आशु
नुवाकोट