दाङ देउखुरी सेवा समाज कतारले दसलाखको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने 

मणी लामा
मणी लामा

२०७६ असार २९, आईतबार

दाङ देउखुरी सेवा समाज

दोहा÷ कतार । दाङ्ग देउखुरी सेवा समाज दोहा कतारले हरितालिका तिज बिशेष कार्यक्रम आयोजना गरेको छ ।  “दाङ देउखुरीको चाहना, प्रवासमा सुरक्षित रोजगारीको कामना” भन्ने मुल नाराका साथ स्थापना भएको दाङ्ग देउखुरी सेवा समाज दोहा कतार द्वारा २०१९ अगस्ट ३० तारिख शुक्रबारका दिन कतार स्थित सनैया डल्ला ड्राभिङ्ग एकेडेमी हलमा नेपाली हिन्दू नारी हरुको हरितालिका तिज बिशेष कार्यक्रम आयोजना गर्ने भएको हो । 
जिल्लामा गरिब तथा जेहेन्दार विद्यार्थीहरु को लागि दश लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने उद्देश्यका साथ सामाजले बिगतका बर्ष हरुमा झै यस बर्ष पनि हरितालिका तिज कार्यक्रम आयोजना गर्ने भएको आयोजक समितिले जनाएको छ । 
उक्त कार्यक्रम लाई सफल पार्नको लागि चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरी र टिका सानु लाई आमन्त्रण  गरिएको छ । समाजका अध्यक्ष हेमबहादुर बस्नेतका अनुसार “बिगतका बर्षहरुमा जस्तैसंस्थाको सामाजिक अभियानमा साथ र सहयोग को अपेक्षा राख्दै सकेसम्म कार्यक्रम नजुधाइदिन र कतार लाई कर्मथलो बनाइ रहेका आम नेपाली हरुलाई कार्यक्रम मा सहभागी भइ कार्यक्रम सफल पारिदिन आव्हान गर्नु भएको छ