गजल

नुवाकोट न्यूज
२०७६ श्रावण १३, सोमबार

सिक्नुस् मबाट पनि केहि यस्तो चिनारी बोकेको छु
काम गर्छु प्राइभेट झोला सरकारी बोकेको छु
आउ बरु तिमिले पनि टेकेर जाउ यो छातीमा
अब दुख्दैन यो छाती मैले यस्तो बिमारी बोकेको छु
बाको हात समाएर समेत त्यो उकालो जान सकिन
बा भन्नुहुन्छ छोरा यहाँ खच्चडले नसकेको भारी बोकेको छु
उपहारमा प्रेमिकाले बिहेको सुपारी दि बहुत खुशी लाग्यो
हिजो बेरोजगारी थिए आज खुबै रोजगारी बोकेको छु
तपाईं सम्मानको माला सुद्द घाटिमा बोक्क सक्नुहुन्न
कसरी भन्न सक्नु हुन्छ देशको जिम्मेवारी बोकेको छु
रोहन ढुङ्गाना
गणेस्थान, नुवाकोट