गजल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ श्रावण १४, मंगलबार

देवराज ढकाल 

पासाङल्हामुको यात्रा गर्न छ भारी हाम्रो नुवाकोटमा 
नेताको हवाईजहाजमा हुन्छ सवारी हाम्रो नुवाकोटमा

आफूलाई कुमारै भन्छन चेलीबेटीका दलालहरु 
बस्छ यस्ता यस्ता ब्रमचारी हाम्रो नुवाकोटमा ।।

नारी उच्च पदमा हुदा नि सुरक्षित मातृत्व लागू छैन 
सुत्केरी बेथाले मर्दैछन् नारी हाम्रो नुवाकोटमा।।

कहाँ गयो स्वास्थ बिभाग कहाँ छ त्यो मन्त्रालय 
अचेल रोगै रोगको छ महामारी हाम्रो नुवाकोटमा

मलामी जान नारी बाध्य छन युवा पलायन छन् 
क्या भन्छ नेता छ रोजगारी हाम्रो नुवाकोटमा

देवराज ढकाल 
सुर्यगढी नुवाकोट नेपाल