तेक्वान्दो खेलाडी रमेश र राधेश्यामलाई कोरियामा स्वर्ण पदक

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ श्रावण १९, आईतबार

 स्वर्ण पदक

कोरियाको शिन्हान युनिभर्सिटीमा जारी वल्र्ड पिस तेक्वान्दो फेस्टिवलमा सहभागि नुवाकोटका तेक्वान्दो खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । २ देखि १० अगस्ट सम्म हुने प्रतियोगिताको लागि शनिबार भएको साईड किक बे्रकिङ तर्फ रमेशकुमार श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । चालीस भन्दा धेरै राष्ट्रका खेलाडीहरुको सहभागीता रहेको उक्त प्रतियोगिताको  शुक्रबार भएको पुम्से तर्फ पनि श्रेष्ठले नेपालको लागी रजत पदक दिलाउन सफल हुनुभएको थियो ।  
यसका साथै उहाँले यो प्रतियोगिता बाट नेपालको लागि दुई पदक दिलाउन सफल हुनुभएको छ । नेपालको लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक दिलाउन सफल नुवाकोट जिल्ला स्थायी घर भएका रमेश तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री पनि हुनुहुन्छ । यसैगरी, नाईफ ह्याण्डद बे्रकिङतर्फ राधेश्याम पण्डितले  स्वर्ण पदक जित्न सफल हुनुभएको छ । रालुका स्थायी घर भएका पण्डित कामको सिलसिलामा बिगत ४ बर्ष देखि कोरियामा रहदै आउनुभएको छ ।

 स्वर्ण पदक