जलजला सेवा समाज कतारद्वारा आपतकालीन कोष स्थापना 

मणी लामा
मणी लामा

२०७६ भाद्र २, सोमबार

जलजला सेवा समाज

दोहा÷कतार । “रोल्पाली हरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ स्थापना भएको रोल्पा जलजला सेवा समाज कतारले आपतकालिन सहयोग कोष स्थापनाको लागि बनाइएको भाग्यशाली उपहार चिट्ठा खोलिएको छ । कुपन लिएका मध्ये भाग्यशाली ७ जनाले विभिन्न पुरस्कार जितेका छन । जसमा प्रथम पुरस्कार (ल्यापटप)सपना परियार, दोश्रो पुरस्कार( ीभ्म् ) भुपेन्द्र कठायत, तेस्रो पुरस्कार (मोबाइल) तुलबहादुर भण्डारी, चौथो पुरस्कार (घडी)सरिता बुढाथोकी , पाचौ पुरस्कार(घडी) प्रेम कार्की, छैठौं पुरस्कार (ढाका टोपी) जन भाइ (श्रीलंका ) र सातौ पुरस्कार (ढाका टोपी) किरण महतराले जितेका छन । उपहार बिजेताहरुलाई ३० दिन भित्र समाजका सम्बन्धित ब्यक्तिहरु संग सम्पर्क गर्न समाजले अनुरोध गरेको छ । रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष गोपाल केसिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजकै संरक्षक वसन्त थापा,संस्थापक चेतमान रोका, सुर्यबहादुर बिश्वकर्मा, शिवबहादुर बुढाथोकी र छवि गुरुङको उपस्थिति रहेको थियो ।  त्यसैगरी अन्तरास्ट्रिय रोलपाली सेवा समाजका अध्यक्ष केशब खड्का, राक प्रवासी सेवा समाज राक रोल्पाका राकेश पुनमगर, बराहक्षेत्र संरक्षण समिती बडाचौरका धर्मराज रोका, गुन्ज केसि,दलित एकता संजाल बडाचौरका होम बहादुर बि.क. जनप्रीय युवा समूह गुम्चालका पुर्णबहादुर बिष्ट, जनप्रगतिशील सेवा समाज सिर्पका हिमाल खड्का, रोल्पा जलजला सेवा समाजका अनिल जिसी, कृष्ण घर्ती, चन्द्र जिसी, टेकराज खड्का, हुकुम पुन, शिबलाल केसि दलबहादुर डाङी राम मगर जलजला अनलाइन नेपाल मिडियाकर्मी लोक कुमार मगर लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमबाट समाजलाइ हरेक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने र हाल कार्यक्रममा भाग्यशाली उपहारको मोबाइल प्रायोजन गर्नुहुने इश्वर जिसि रोल्पा , सन्दिप शाह सल्यान हालको बसाइ दाङ , त्यसैगरी (ीभ्म्) ३२ इन्च टिभी प्रायोजन गर्नुहुने अनिल जिसि, टेक खडका, शिबलाल जिसी, चन्द्र जिसी , लोक बहादुर जिसी आइतराम जिसी, त्यसैगरी समाजको १०० भन्दा बढी रसिद कटाउन सफल बलराम जैसी, जीवन खडका, समाजका लागि कलर प्रीन्ट मेसिन सहयोगि कृष्ण घर्ती र सहयोगी हुकुम बिक लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।