नुवाकोट सम्पदा वस्तीको गुरुयोजना सम्बन्धी मस्यौदा तयार

भगवती लामा
भगवती लामा

२०७६ भाद्र ९, सोमबार

साततले दरबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नुवाकोट दरबार क्षेत्रको आफनै महत्व रहेकाले सम्पदा बस्तीको गुरुयोजना सार्थक कार्यान्वयन गरी बिश्व सम्पदा सूचिमा राख्न आबश्यक सबै कुराहरु समाबेश गरी काम गर्नको लागी जोड दिनुभउकोे छ । 
     कार्यकारी अधिकृत ज्ञवालीले नुवाकोटको ऐतिहासिक साततले दरबारको परिसरमा नुवाकोट सम्पदा बस्ति गुरुयोजना सम्वन्धी मस्यौदा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रममा ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणको लागी पुनःनिर्माण प्राधिकरणले बिशेष योजना बनाएर काम गरिरहेको बताउनुभएको छ । चिन सरकारले पुनःनिर्माण थालेको साततले दरबार यसको उदाहरण रहेको उहाँको भनाई रहेको छ । 
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बन्दै गरेको सम्पदा बस्तीमा मापदण्ड विपरित घर÷भवनहरु बनेका छन् भने नगरपालिकाले नियमन गर्नुपर्ने बताउनुभएको छ । ऐतिहासिक र पुरातात्विक क्षेत्रभित्र बन्न लागेको निजि घर तथा भवनहरुले सम्पदा वस्तीलाई कुरुप बनाउने भएकाले घर निर्माण मापदण्डलाई कार्यान्वयन गराउनुपर्ने उहाँले बताउनुभएको छ । 
कार्यक्रममा नेकपा नुवाकोट ईन्चार्ज महेन्द्र बहादुर पाण्डेले नुवाकोटको ऐतिहासिक साततले दरबार क्षेत्रसँगै जिल्लामा रहेका अन्य पुरातात्विक महत्वका सम्पदाहरुको पुनःनिर्माण जरुरी रहेको बताउनुभएको छ । यसका लागी स्थानिय सरकार, नागरिक र पुनःनिर्माण प्राधिकरणको सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको छ । 
      कार्यक्रममाा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पुनःनिर्माणको नाममा मौलिक सम्पदा मासिदै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । सिमेण्ट र बालुवा प्रयोग गर्दा मात्रै संरचना बलियो हुने गलत सोच हटाउनु पर्ने उहाँले बताउनुभएको छ ।
      कार्यक्रममा बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले गुनासो बिवरण संकलनको अबधि थपिदा आफुलाई काम गर्न असहज भएको बताउनुभएको छ  । बिदुर नगरपालीकामा पछिल्लो पटक संकलन भएको गुनासोबाट बास्तबिक पिडितहरुको पहिचान गरि राष्ट्रिय पवुनःनिर्माण प्राधिकरणमा पठाएको बताउनुभएको छ  ।