विद्यार्थीलाई साइकल वितरण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ भाद्र १२, विहिबार

त्रपाल माध्यामिक विद्यालय

जिल्लास्तरीय ११औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ ।
    त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा गत असारको २२ र २३ गते उक्त प्रतियोगिता भएको थियो । प्रतियोगितामा लिखु गाउँपालिका प्रथम भएको थियो । गाउँपालिकालाई जिताउन सफल विद्यार्थीहरुलाई  लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा अवस्थित क्षेत्रपाल माध्यामिक विद्यालयमा एक समारोहको बिच २३ जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो । 
 
 

त्रपाल माध्यामिक विद्यालय

   गाउँपालिकालाई ११औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम बनाउन योगदान पुराएको भन्दै थप हौसला प्रदान गर्न समाजसेवीहरु शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठले संयुक्त रुपमा साइकल वितरण गरेका हुन् । विद्यार्थीहरुले कितावी ज्ञानको साथसाथै खेलको माध्यमबाट आफ्नो छुट्टै परिचय बनाउन चाहिरहेकोले उनीहरुको रुचीलाई मध्यनजर गर्दै हौसला प्रदान गर्न साइकल प्रदान गरिएको शैलेस श्रेष्ठले बताउनुभएको छ । दाजुभाई द्धय श्रेष्ठलाई विद्यालयले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।
 

त्रपाल माध्यामिक विद्यालय

 

   यस्तै क्षेत्रपाल माध्यामिक विद्यालयमा वार्षिक कार्ययोजना अनुसार तीज गीत नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा विद्यालयमा अध्ययनरत ११ समूहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
    दुई दाजुभाई शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठको आर्थिक व्यवस्थापनमा कार्यक्रममा सहभागीहरुलाई दर समेत खुवाइएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राइले जानकारी दिनुभएको छ । 
  

 

 

त्रपाल माध्यामिक विद्यालय

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले नेपालीहरुले मान्दै आएको अनेकौँ पर्वहरुको विशेषता फरकफरक रहेकोले त्यसको जर्गेना गर्न विद्यालयका विद्यार्थीहरुलाई माध्यम बनाउदा प्रभावकारी हुने बताउनुभएको छ । उहाँले गाउँपालिकाको तर्फबाट हरेक चाडपर्वलाई बचाइराख्न पहल गरिराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।  

त्रपाल माध्यामिक विद्यालय