गजल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ भाद्र १७, मंगलबार

सुदर्शन अधिकारी

मरेको मान्छेलाई बोलाउँछन् के भनेर ?
ऊ गएकी छे तिम्रो लागि मरेँ भनेर

जसलाई म आउनु जानुको कुनै मतलव छैन
उसैलाई भन्न मन लाग्छ आइपुगेँ भनेर

भनेन ज्योतिषीले जिन्दगीमा तिम्रो आगमन हुनेछ
मैले भोज खुवाएको थिएँ, सबै दशा सकिए भनेर

बिर्सेर पनि कुनै दिन यसो नभन्दिनु
आज अकस्मात तिमीलाई सम्झेँ भनेर।

सुदर्शन अधिकारी
चितवन