पत्रकार अधिकारी सम्मानित 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ भाद्र २७, शुक्रबार

सम्मानित 


नुवाकोट जिल्लाबाट प्रकाशन हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकका प्रकाशक तथा कार्यकारी सम्पादक,सुन्दरादेबी न्युज अनलाईनको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष किरण अधिकारी औधोगिक शान्ति नेपाल पत्रकारिता सम्मानबाट सम्मानित हुनुभएको छ । 
हालै सम्पन्न औधोगिक शान्ति नेपाल म्युजिक अवार्डको अबसरमा अधिकारीलाई सम्मान गरिएको छ । करिब एक दशक भन्दा बढी समय देखि पत्रकारितामा क्रियाशील रही कला,कलाकारिता र राजनैतिक क्षेत्रमा समेत योगदान पुराएको भन्दै अधिकारीलाई सम्मानित गरिएको हो । अधिकारीले मोफसलमा रहेर पनि दिएको योगदानको कदर गर्दै सम्मानित गरिएको कार्यक्रम निर्देशक सुर्य चन्दले बताउनुभएको छ । 
अधिकारीलाई आयोजकको तर्फबाट पुर्ब प्रधानमन्त्रि तथा नेकपाको बरिस्ठ नेता माधबकुमार नेपाल,नेकपाको स्थायी  समिति सदस्य घनश्याम भुसाल,पुर्ब अर्थमन्त्री तथा गीतकार एसपी कोईराला तथा चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टाराईले संयुक्त रुपमा सम्मान गर्नु भएको हो । 
यस अघि अधिकारी सगरमाथा मोफसल पत्रकारिता सम्मान,पीम नेपाल पत्रकारिता संम्मान,दक्ष ईन्टरनेसनल अवार्ड पत्रकारिता सम्मान लगायत बाट सम्मानित भईसक्नु  भएको छ ।