राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रशिक्षण ः धार्मिक स्वतन्त्रता सहितको हिन्दुराज्य नेपाल र सुदृढ स्थानिय निकाय हुनुपर्ने पक्षमा अडान

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ भाद्र ३०, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले पार्टिको केन्द्रिय निर्णय र निर्देशन बमोजिम नगर गाँउपालिका हुँदै वडा स्तरसम्म संगठन निर्माण गर्ने उद्धेश्यका साथ कार्य अगाडी बढाएको छ ।
    पर्टिले सोहि उदेश्य बमोजिम सदरमुकाम विदुरमा जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।  प्रशिक्षण कार्यक्रममा पार्टिका केन्द्रिय प्रशिक्षण विभागका सदस्य एवं पुर्वमन्त्री पशुराम तामाङ, केन्द्रिय सदस्य दिपककुमार राई, अण बहादुर प्याकुरेल, श्याम लामा, मधु रिसाल, नरेन्द्र फुँयाल, भावि संगठन ट्रेड यूनियनका उपमहासचिव आनन्द कुमार रिसाल, निर्माण व्यवसायि संघका महासचिव हरिप्रसाद रिजाल लगायतका केन्द्रिय नेताहरुको उपस्थितिमा प्रशिक्षण दिईएको जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
    प्रशिक्षण कार्यक्रममा नुवाकोटको १० वटा गाँउपालिकाबाट ४÷४ जना र २ नगरपालिकाबाट ६÷६ जना गरी ५२ जनालाई प्रशिक्ष्ण दिईएको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ ।
    प्रशिक्षण पश्चात आमामी मङ्सििर सम्ममा जिल्लाको ८८ वटै वडामा प्रशिक्षण दिई संगठन निर्माण गरिने लक्ष्य लिएको छ । प्रशिक्षण कार्यक्रममा सहभागिहरुले पार्टिले अङिगकार गरेको सम्बर्दनबाद निरन्तरता सहितको प्रजातन्त्र हुनुपर्नेमा जोड दिदै राजसंस्था सहितको प्रजातन्त्र, सर्वधर्म, सम्भावपुर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराज्य नेपाल र सुदृढ स्थानिय निकाय हुनुपर्ने पक्षमा अडान कायम राख्दै संगठन निर्माण कार्यमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी