जिल्ला हुलाक कार्यालयको राजस्व १८ लाख ३६ हजार

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ भाद्र ३१, मंगलबार

हुलाक

जिल्ला हुलाक कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा १८ लाख ३६ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ । हुलाक टिकट वितरण, एफ्एम रेडियो नविकरण, केवल रोयल्टी, भन्सार प्रज्ञापण शुल्क लगायतबाट गत आर्थिक वर्षमा १८ लाख ३६ हजार ७ सय रुपैयाँ १७  रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा १८ लाख  २ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा १६ लाख ५ हजार ३ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला हुलाक कार्यालय नुवाकोटका निमित्त प्रमुख गोपाल अधिकारीको अनुसार हुलाक टिकटबाट सबै भन्दा बढी राजस्व संकलन हुने गरेको छ । जस अनुसार टिकटबाट आर्थिक वर्ष २०७३÷७४ मा ९ लाख, ९२ हजार ७ सय रुपैयाँ, २०७४÷७५ मा ९ लाख ९९ हजार ५ सय रुपैयाँ र २०७५÷७६ मा ११ लाख ४० हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
हुलाकमा व्यक्तिगत चिठिहरु आउन छाडे पनि सरकारी कार्यालय, अन्य संघसंस्थाहरको चिठिहरु प्रयाप्त मात्रामा आउने गरेको कार्यालयका निमित्त प्रमुख अधिकारीले बताउनुभएको छ । केहि समय अघि सञ्चार माध्यमको दरिलो माध्यमको रुपमा लिएको हुलाकलाई प्रविधिको विकाससँगै हुलाकको कार्य पछाडी परिरहेको होकी भन्नु सामान्य रहेको भन्दै हुलाकको सेवा सुविधालाई छिटोछरिो बनाउन हुलाकलाई प्रविधिमैत्री बनाउनु आवस्यक रहेको हुलाक कार्यालयका निमित्त प्रमुख अधिकारीले बताउनुभएको छ । देश संघियतामा जानु अघि हुलाक कार्यालयमा १ सय १६ जना कर्मचारी रहेका थिए भने अहिले ७७ जना कर्मचारी रहेका छन् । कर्मचारीलाई कामको चाप पहिलेको जस्तो नभएको जिल्ला हुलाक कार्यालय नुवाकोटका निमित्त प्रमुख अधिकारी बताउनुभएको छ ।