दसैंपर्वलाई लक्षित गरेर हाम्रो सहकारीले खसी बजार तथा कृषि मेला सञ्चालन गर्ने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ अश्विन १, बुधबार

हाम्रो सहकारी

विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा रहेको हाम्रो सहकारी संस्था लिमिटेडले दसैंलाई लक्षित गरेर यस बर्ष पनि खसी बजार तथा कृषि मेला सञ्चालन गर्ने भएको छ ।
दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेमा रहेको हाम्रो सहकारी संस्थाले पछिल्लो सात वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ । तुप्चेको सोलेबजारमा असोजको १५ गते आयोजना गरिने वृहत्त खसी बजार तथा कृषि उपज मेलामा सहभागि हुन कृषक तथा उपभोक्ताहरुलाई आयोजकले आग्रह समेत गरेको छ ।
खसी बोका विक्रिको मेलासंगै किसानहरुले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरुको समेत विक्रि हुने आयोजक संस्था हाम्रो सहकारी संस्था लिमिटेडका सन्तोष रिजालले बताउनुभएको छ ।
गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यस बर्षकोे दसैंलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाउने आयोजक संस्थाका ब्यबस्थापक प्रदिप अधिकारीले बताउनुभउको छ । ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि र प्रर्दशनीमा ल्याउन कृषकहरलाई आग्रह गर्दै सहकारी संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराउने भएको छ । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
साथै, आयोजकले यसबर्ष विक्रि गर्ने खसीको मुल्य समेत प्रस्ताब गरेको छ । मेलामा ल्याएको खसी तथा कृषि उपजहरुको विक्रि नभएका कृषकले घर लैजानु नपर्ने समेत आयोजकले जनाएको छ । विक्रि भएको खसी र सामाग्रीहरु हाम्रो सहकारी संस्थाले खरिद गरिदिने व्यवस्थापक प्रदीप अधिकारीले बताउनुभएको छ ।
साथै उक्त सहकारी संस्थाबाट ऋण लिएर खसी पालन गरेको कृषकहरुले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप १० रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराउने व्यवस्थापक अधिकारीले बताउनुभएको छ ।
 

हाम्रो सहकारी

हाम्रो सहकारी संस्थाले यसबर्ष खसि मेलामा ४ सय भन्दा बढि खसि बिक्रिको लागी राख्ने जनाएको छ । सहकारीले किसानहरुलाई एक खसि बराबर १० हजार रुपैयाँका दरले किसानहरुलाई १० प्रतिशत ब्याजमा रकम उपलब्ध गराएको थियो । खसि पाल्नका लागी ऋण लिएका सबै किसानहरुले कृषि मेलामा खसि अनिबार्य ल्याउनु पर्ने सहकारीले जनाएको छ ।
यस बर्ष २५ केजीसम्मको खसीको प्रतिकेजी ५ सय ५०, २६ केजी देखि ३० केजीसम्मको खसीको प्रतिकेजी ५ सय ६० रुपैयाँ मुल्य निर्धारण भएको छ । ३१ केसी देखि ३५ केजीसम्मको खसीको प्रति केजी ५ सय ७०, ३६ केजी देखि ४० केजीसम्मको खसीको प्रति केजी ५ सय ८०, र ४० केजी भन्दा माथीको खसीको प्रतिकेजी ६ सय रुपैयाँ प्रस्ताब गरेको छ । उपभोक्ता सबैले सोही मुल्यमा सिधै कृषकसित खसी खरिद गर्न पाउने आयोजक संस्थाले जनाएको छ ।
गतबर्ष सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा किसानहरुले सिधै उपभोक्तालाई छ लाख भन्दा बढि रुपैयाँको खसी बोका विक्रि गरेका थिए । यसबर्ष अहिले देखिनै खसीको माग हुन थालेकोले आयोजक संस्थाले खसी विक्रिका लागि मेलामा ल्याउन चाहाने कृषकलाई पहिल्यै सम्पर्क गरेर दर्ता गराउन आग्रह गरेको छ ।
दशैपर्वलाई लक्षित गर्दै सहकारीले किसानहरुलाई यस बर्ष ३० लाख रुपैयाँ खसि पाल्नका लागी मात्रै लगानी गरेको जनाएको छ ।
गतबर्ष मेलामा ल्याएको खसी दुई घण्टामै विक्रि भई, ढिला जाने ग्राहकहरु रित्तै फर्कनु परेको समस्यालाई मध्यनजर गर्दै यसबर्ष माग अनुसारको खसी मेलामा ल्याउने आयोजक संस्थाले जनाएको छ ।