संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ अश्विन ४, शनिबार

संविधान दिवस

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको चार वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।


सरकारले संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा काठमाडौ सहित मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । यसै सन्दर्भमा नुवाकोट स्थित  स्थानीय तहले विशेष कार्यक्रम आयोजना गरी संविधान दिवश २०७६ मनाएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा त्रिशुलीदेखि विदुर वजारसम्म झाकी सहित प्रभातफेरी निकालिइएको थियो । त्रिशुलीबजारबाट सुरु भएको प्रभातफेरीमा पञ्चेबाजा, लाखे नाच, भजन लगायतको प्रस्तुती एंव कलाले उमङ्ग मिसिएको थियो ।


प्रभावफेरी पछि जिल्ला समन्वय समिति नुवाकोटको प्राङ्गणमा आयोजित कोण सभालाई संवोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद बहादुरसिंह लामा तामाङले संविधान कार्यन्वयन गर्न सबै पक्षले अपनत्व लिनुपर्ने बताउनुभएको छ । संविधान विपरित राष्ट्र गए देशको विकास हुन नसक्ने भन्दै सांसद तामाङले नेपालीलाई एकितृत बनाउन लेखिएको संविधान कायाृन्वयन गर्न सत्ता पक्षले विपक्षहरुसँग सुहकार्य गरेर अघि बढ्नुको बिकल्प नरहेको बताउभएको छ । उहाँले संविधान कार्यन्वयनको पाटोमा कोही बाधक बन्न नहुने बताउनुभएको छ ।


यस्तै प्रदेश सांसद जीवन डङ्गोलले औपचारिकता प्रदान गर्न संविधान निर्माण गरिएको नभई देशलाई दिशा निर्देश गर्न ठूलो सङ्घर्षपछि संविधान लेखिएको बताउनुभएको छ । सरकारको नेतृत्व जुन पार्टीले लिए पनि संविधानलाई टेकेर जनताको भावना अनुरुप काम गर्नु जरुरी रहेको उहाँले बताउनुभएको छ । उहाँले संविधान मुलुकको साँचो भएकोले त्यसलाई सहि रुपमा संरक्षण गर्नु  आवस्यक रहेको बताउनुभएको छ । संविधानको नाममा कोहिकसैको पृष्टपोषण गर्नतिर लाग्नु भन्दा सहकार्य गरेर जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।


यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले संविधानलाई टेकेर बनेको तीनै तहको सरकारलाई सस्थागत गर्नुआवस्यक रहेको बताउनुभएको छ । स्थानीय सरकार गठन भएसँगै सामन्य नागरिकलाई एउटा कामको लागि सदरमुकाम धाउनुपर्ने वाध्यताको अन्त्य भएको भन्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले समाजमा केही हितविपरित  काम भएमा सरकार, जनप्रतिनिधि हुदै सरकारसम्म ठोकिने गरेकोले सकरात्मक सोचको साथ काम गर्नु आवस्यक रहेको बताउनुभएको छ ।


विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सबैको सहकार्यमा संविधान कार्यान्वयन पनि सहमतीबाटै गर्नु आवस्यक रहेको बताउनुभएको छ । जनताले आलोपालो नेतृत्व दिने प्रचलन रहेकोले भविष्यको लागि पनि सरकारको प्रतिपक्ष संविधानकै बाटोमा हिड्नु आवस्यक रहेको बताउनुभएको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नेपालको संविधान २०७२ संसारकै उत्कृष्ट संविधान रहेकोले सबै तह र तप्कालाई समावेसी शासन प्रणालीमा समाहित गर्न सफल भएको बताउनुभएको छ । संविधानलाई नमान्दा  समाजमा अशान्ति पैदा हुने, जनतालाई सुसासन दिन नसकिने, विसंगती मौलाउने हुदा  समग्र जिल्लामा शान्ति सुरक्षा दिन र विकासातमक कार्यमा लाग्न सबेको हातेमालो आवस्यक रहेको बताउनुभएको छ ।


    यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य बुद्धि प्रधानले सरकार पक्षले प्रतिपक्षको सम्मान गरिरहदा पनि सरकारको काममा प्रतिपक्षले अवरोध गरिरहेको आरोप लगाउनुभएको छ । सरकार टुक्काकै भरमा अघि बढिरहेको छ भन्ने भ्रम  प्रतिपक्षले फैलाइरहेकोले त्यसलाई नपत्ताउन सम्पूर्ण नागरिकहरुलाई आग्रह गर्दै जिल्ला सदस्य प्रधानले सत्ता पक्षबाट आमनागरिकको आधिकार हहन नहुने  र संविधान कुण्ठित हुने काम नगर्ने बताउनुभएको छ ।


    यस्तै कार्यक्रमा नेपाली काङ्ग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले संविधान कार्यान्वयन फितलो रहेको स्वीकार गर्नु आवस्यक रहेको बताउनुभएको छ । संविधानको सफल कार्यान्वय गर्न सबै पक्षलाई एक ठाउँमा ल्याएर जनतालाई संविधान बनेको, गणतन्त्र आएको आभाष दिलाउने काम सरकारबो रहेको बताउनुभएको छ ।


    कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, परिवार दलका केन्द्रिय सदस्य शिवकृष्ण श्रेष्ठ लगायतले संविधानको प्रत्येक धारा केलाएर नागरिकलाई लोकतन्त्रको, गणतन्त्रको आभाष दिलाउन  सहकार्य अपरिहार्य रहेको बताएका छन् ।  


    जिल्ला मूल समारोह समितिको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिताको विजेता र  जनप्रतिनिधि र कर्मचारी बिच भएको फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कार वितरण गरिएको थियो ।