नव निर्मित बिज्ञान माविको भवन बिद्यालयलाई हस्तान्तरण, विकास निर्माणको कार्यमा आफु स्वतन्त्र रहेकाले अवरोध नगर्न अध्यक्ष पाण्डेको आग्रह

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ अश्विन ९, विहिबार

बिज्ञान मावि

२०७२ को बिनाशकारी भुकम्पले ध्वस्त पारेको तादी गाँउपालिकाको वडा नम्बर ५ नर्जा मण्डपमा रहेको बिज्ञान माध्यामिक बिद्यालयको नव निर्मित भवन एक कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरिएको छ । बिद्यालय हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले शिक्षाको क्षेत्रमा जो कोहिले पनि पार्टीभन्दा माथि रहेर कार्य गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष पाण्डेले गाँउ विकासका लागी आफु स्वतन्त्र रुपमा लागिपरेको बताउँदै विकास निर्माणको कार्यमा अबरोध नपु¥याउन आग्रह गर्नुभएको छ । कार्यक्रममा लिखु गाँउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले तादी गाँउपालिकाको शिक्षा लगायत अन्य विकास निर्माणको लागी सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा तादी गाँउपालिकाका उपाध्यक्ष एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी उप्रेतीले तादी गाँउपालिकाको समग्र विकासको लागी आफु सदैव प्रयत्नरत रहेको बताउनुभएको छ ।

बिज्ञान मावि

कार्यक्रममा तादी गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णु अधिकारी, वडा नम्बर ६ का अध्यक्ष केशव थापाले शिक्षानै जिवन जिउने मुख्य आधार भएकाले शिक्षाको विकासमा आफुहरु सदैव लागीपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
जापनीज संस्था जाईकाको ५ करोड ७७ लाख रुपैयााको आर्थिक सहयोगमा एउटा हल ३ वटा पक्की भवन निर्माण गरिएको छ ।
विनाशकारी भुकम्पले बिद्यालयको भवन ध्वस्त बनाएपछि कष्टकर रुपमा पठनपाठन गर्दे आएका बिद्यार्थिहरुमा नयाँ भवन निर्माणले उत्साह छाएको बिद्यालयले जनाएको छ ।