कर्मचारीलाई प्रयोग गरेर सरकारको बदनाम गराउन खोजिदै ः पुर्वमन्त्रि तामाङ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ अश्विन १०, शुक्रबार

 हितबहादुर तामाङ

नुवाकोटको क्षेत्र नम्बर १ बाट निर्बाचित संघिय सांसद एवं पुर्व खेलकुद मन्त्रि हितबहादुर तामाङले अहिलेको बिकास निर्माणको गतिले पर्यटन बर्ष २०२० लाई प्रभाव पार्ने औल्याउनुभएको छ । साँसद तामाङले राजधानीबाट नुवाकोट भित्रने बालाजुबाट रानीपौवा हुँदै त्रिशुलीदेखी रसुवा जाने सडक, झोर, छहरे, ढिकुरे हुँदै विदुर आउने सडक र गल्छी त्रिशुली तिन वटै सडकको अवस्था दयनिय रहेको भन्दै ठेकेदारको बेइमानीमा कर्मचारीको समेत मिलेमतो रहेको आरोप लगाउनुभएको छ ।
बिश्व पर्यटन दिवसको अबशरमा नुवाकोटको विदुर आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सँसद तामाङले सडक निर्माणको लागी आफ्नो राजनितिक सम्बन्ध समेत बिगारेर अगाडी बढिरहेको बताउनुभएको छ ।
सरकारको अहिलेको उपलब्धिलाई सहन नसकेर कसैको योजनामा कर्मचारीलाई प्रयोग गरेर सरकारलाई फेल गराएर बदनाम गराउन खाजेको हो वा सरकारले नै कर्मचारीलाई सहि ढंगले परिचालन गर्न नसकेको हो भन्दै सँसद तामाङले राजधानिबाट बाहिरिने मुख्य नौविसे सडकखण्डमा यात्रुहरुले भोग्नुपरेको पिडालाई समाधान गर्न कार्यशैलि परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
 

 हितबहादुर तामाङ

कार्यक्रममा साँसद तामाङले पर्यटन बर्ष २०२० लाई सफल बनाउनको लागी आफ्नै स्थानिय क्षेत्रको प्रचारमा जोड दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा आन्तरिक एवं बाह्य पर्यटक भित्राउनको लागी प्रदेश सांसद केशव पाण्डेले  नुवाकोट जिल्ला प्रचुर संभावना बोकेको जिल्ला भएकाले लुकेर बसेका महत्वपुर्ण स्थलहरुका संरक्षण र प्रवद्र्धनको लागी  पहल गर्नुपर्ने बताउनुभएको भएको छ ।कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङले पर्यटन बर्ष २०२० सफल पार्नको लागी र नुवाकोटमा विदेशी पर्यटक भित्रयाउन चलनचल्तिका भेषभुषा, भाषाधर्म, नेपालको प्रकृति र संस्कृतिले नै विदेशी पर्यटकलाई फरकपन दिने भएकाले त्यसको जर्गेना गर्न लाग्नुपर्ने बताउनुभएको छ ।

 हितबहादुर तामाङ


सवैको लागी पर्यटन, पहुँच योग्य प्रवद्र्धन भन्ने मुलनाराका साथ भ्रमण वर्ष २०२० लाई सफल बनाई नुवाकोटमा २ लाख पर्यटक भित्रयाउन सक्ने लक्ष्य र योजना रहेको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष शन्तोष उप्रेतीले बताउनुभएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले नुवाकोट जिल्ला ऐतिहासिक, र्धािमक एवं सास्कृतिक रुपले धनि रहेकाले प्रचारप्रसाररमा जोड दिइ भ्रमण बर्ष २०२० सव्य र भव्य तरिकाले सफल बनाउन लागिपर्ने बताउनुभएको छ ।