पत्रकार देबकोटासहित नागरिक अधिकारकर्मी र उत्कृष्ट कर्मचारीहरु सम्मानित

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ अश्विन १२, आईतबार

डाक्टर प्रकाशशरण महत

नेपाल पत्रकार महासंघ नुवाकोटका संस्थापक, प्रेस युनियनका पूर्ब केन्द्रीय सदस्य, उत्तरगया दैनिकका सम्पादक शिव देबकोटालाई पत्रकारीता मार्फत सुशासन प्रवद्र्धन र नागरिक अधिकारलागि योगदान पु¥याएकोमा आईतबार नुवाकोटमा सम्मानित गरिएको छ । 
नुवाकोटको अग्रणी गैह्सरकारी संस्था सामुदायिक बिकास केन्द्र नेपालको ११ औं बार्षिक साधारणसभाको अवसरमा नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गनर््भएको छ । कार्यक्रममा नागरिक अधिकारका पक्षमा निरन्तर क्रियाशिल रहँदै आएका उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पंडितलाई पनि सम्मानित हुनुभभएको छ । साधारणसभाकै अवसरमा एभरेष्ट बैकसंगको सहकार्यमा  गतबर्षको एसईई परीक्षामा उत्कृष्टता हासिल गरेका नुवाकोट र रसुवाका १० जना बिद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरियो भने संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । 
कार्यक्रममा काँग्रेस सह–महामन्त्री महतले मुलुकमा संबिधानले अपरीबर्तनीय मानेको ब्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र प्रेस, आवधिक निर्वाचन र मानवअधिकारबाट नागरिकलाई बञ्चित गर्ने दुष्प्रयास भईरहेकाले नागरिक अधिकारहरुको रक्षाका लागि गैह्सरकारी संस्थाहरुले समेत पैरबी गर्नुपर्नेमा जोेड दिनुभएको छ । 
बर्तमान सरकार दुईतिहाई जनमतको बलमा स्वतन्त्र न्यायालय र अख्तियारलाई समेत प्रभाबित बनाएर एकदलीयता तर्फ उन्मुख भईरहेको बताउँदै त्यसक्रममा डाक्टर महतले नागरिक अधिकार हनन हुने कुनै पनि क्रियाकलापका बिरुद्ध नागरिक अधिकारका पक्षपातीहरु ऐक्यबद्ध हुनुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । 

 

डाक्टर प्रकाशशरण महत

कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ,प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापा, नेपाली काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, सामुदायिक बिकास केन्द्रका संस्थापक अध्यक्ष बिष्णुराज नेपाल, अध्यक्ष नारायणप्रसाद नेपाल, नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछाने, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पंडित, एभरेष्ट बैंकका शाखा प्रबन्धक उज्जवल प्रजापति, उत्तरगया दैनिकका सम्पादक शिव देबकोटा लगायतका बक्ताहरुले समाज रुपान्तरणमा गैह्सरकारी संस्थाहरुको भुमिकाको संबन्धमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।