भुतपुर्व सैनिक कृषि सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ कार्तिक २, शनिबार

भुतपुर्व सैनिक

विदुर नगरपालिकाको वडा नम्बर ४ बट्टारमा रहेको नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७१ भाद्र २ गते नेपाल भुतपुर्व सैनिक बचत तथा ऋण सहकारी स्ंस्थाको रुपमा स्थापित भएको सहकारीको शेयर पुँजी एक करोड ६० लाख ८० हजार रुपैयाँ रहेको छ । १ सय १ जना महिला सदस्य र ४ सय ५६ जना पुरुष सदस्य गरी ५५७ जना शेयर सदस्य रहेको सहकारीले कुखुरापालन, बाख्रापालन र अन्य व्यवसायमा आर्थिक बर्ष २०७५÷७६ मा २ करोड २९ लाख ५९ हजार रुपैयाँ ऋण लगानी गरेको सहकारीका कोषाध्यक्ष उद्धवराज थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाली सेनाबाट निबृत्त सक्कल दर्जाहरुलाई संगठिग गराई सेवा निबृत्त पछि आर्थिक उन्नती बृद्धि गर्ने उद्धेश्यले स्थापना गरेको सहकारीमा आर्थिक बर्ष २०७५÷७६ मा ७७ लाख रुपैयाँ भन्दा बढि रकम बचत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
सहकारीले आफ्नो पाँचौ बार्षिक साधारण सभाको अवरसरमा ७५ बर्षभन्दा माथिका भुतपुर्व सैनिकहरु सुरत बहादुर भण्डारी, भोतु थापामगर र भुतपुर्व सैनिक श्रीमती रत्नकुमारी कार्किलाई कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको छ । त्यसैगरी सहकारीले विरगती प्राप्त सैनिकका श्रीमती कमला कार्की र असली ऋणी भुतपुर्व सैनिकका श्रीमती उमादेवी रिमाल र सहकारीका व्यवस्थापक राममणी अधिकारीलाई कदरपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको सहकारी अध्यक्ष बलबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।  
पाँचौ बार्षिक साधारण सभा कार्यक्रममा शैन्य तालिक केन्द्र मैथली व्यारेकका गणपती प्रमुख सेनानी खेमराज शर्मा, जवर जंग गण देविघाटका गणपति उदउबहादुर लामिछाने, जिल्ला सहकारी संघका प्रतिनिधी, एकल महिला प्रदेश नम्बर ३ का उपाध्यष देवकी पौडेल, अन्य छिमेकी सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधिलगायतकाको सहभागिता रहेको थियो । 

भुतपुर्व सैनिक