स्खलन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ कार्तिक ६, बुधबार

‎शम्भु गजुरेल‎

राजा राजेन्द्र को सनकमा
उम्लिएको यौवन को बेगले
राज्य लक्ष्मीको
कामुक अग्नि ज्वाला शान्त नहुदै
स्खलन नभएको भए
रानी को खोपी मा
कामदेवको तिर चलाएर
पानीको खोला बगाउन
गगन खवास को पुरुषत्व उर्लिने थिएन होला
वरिपरि घुमेका
मौका खोर दरवारिया हरुको
तिलस्मी महलमा
वासना मा लट्ठिएका
राजा र रानी हरु
समभाव ले एकै पलङ्गमा
स्खलन भएको भए
जनता र यो देशले
बारबार तुहाउनु पर्ने थिएन।

राजाको नामर्दी पन
रानी को उताउलो पन को
अस्लिल चित्र हेरेर मातेका
चौतारिया हरुको
लट्ठ आखाको परेली तल
कोतको चोकमा
रक्त पोखरीमा पौडी खेल्दै
श्री ३ को टोपि हत्याउने
जङ्गे को स्खलन को अवधी छोट्टिदा
पिडादायक अन्त्य खेप्दै
हिंस्रक प्राणी को आहारा बने
तर
दरवारिया घ्याम्पो को जोश उम्लिदा
प्रजा जलेर खुइलिए ।।

राणा हरुको स्खलित बिर्य
तेजाब बनेर
कुरुप भएको नेपाली अनुहारमा
चन्दनको लेप घसेर
छाप्रो मा छानु
भान्छामा मानु
तनमा कपडा
मुखमा जिब्रो
निर्धक्क बिचरण को सपना को चित्र
समृद्धि को गित सुनाउदै
कयौं को प्राण लाइ आहुती दिएर
श्रीपेच मा जडिएको हिराको तेजमा
बारम्बार स्खलित प्रजातन्त्र
राष्ट्र पिताको
अनेकौ नानी रानी अनि महारानी को
गर्भाशय मा अंकुरीत यार्सा गुम्बा
जब पुषको चिसोमा स्खलित भयो
जताततै छरिएका
छाप्रा बाट आएका महामानव हरु
सर्वाहारा हरु
कालकोठरी हरुको सुकुलमा
कहिले सपनामा
कहिले बिपनामा
स्खलित भै रहे बारबार।

कल्पनाको बिछ्यौना मा
उन्नती को सारङ्गी रेटेर
चारकोसे झाडी को अग्राख
घोषित अघोषित मुर्ती को साटो
बिदेशी को आशिर्वाद थापेर
गद्दी मा मडारिदै
पलङ्ग भरी
खोपी खोपी मा सजाइएका
नारी मुर्ती हरुमा
अनि नेपाली जनताको सपनामा मैथुन गर्दै
बेला कुबेला स्खलन नहुदो हो त
हसिलो जनता
कसिलो दरबार हुनेथियो होला।

४८ सालको जन्ता को मतलाइ
कुर्सी भोगको निमित्त
बेहुलाको पछाडी आएका जन्ती नठानेको भए
सिंहदरबार को गद्दी लाइ
भोग गर्ने होडमा
आफ्नो घरको मुलथाम फुकालेर
फुत्त फुत्त कुर्सी मैथुन मा रम्दै
सहवास पछि अजिङ्गर झै
नपसारिएको भए!
१० बर्ष पछि स्वीकार गर्नु पर्ने
४० बुदे लाइ
स्वीकार गर्नु को साटो
गद्दी को उन्मादमा मातेर
भगेरो जस्तै कामुक भैदिदा
जनताको भजन गाउदै
जनताकै नाउमा
जनताको बलात्कार गरिने
लामो जनमार खेलमा
चित्कार जनताको निस्क्यो
प्राण जनताको गयो
ध्वस्त सभ्यता गरियो
केवल संभोगको उत्कण्ठा बोकेर
सेतो महलमा
सुवर्ण पलङ्गमा स्खलन हुने सपना साचेर।

स्वघोषित देवासुर संग्राम सकिदा
छरिएका मासु र हाड
चिथोरिएको इज्जत
लुटिएको सपना
पोको पारिएको क्रोध
बिभत्स प्रकृति
समेटेर नयाँ पलङ्गको निर्माण
वरिपरि चमर लिएर
नयाँ बस्त्र धारण गरेका
आधुनिक पदवी युक्त
बाला हरुको व्यवस्था मा
लठारिएका मुक्ती दाता
साम्यवादी
प्रजातान्त्रिक
पुराना शासक हरु
खोपी र गद्दी बाहिर
खुला मैदान मा
निर्लज्ज साढे झैं
बारम्बार स्खलित हुदैछन!

पारी हुदा कुरुप लाग्ने
घाटी जोडेपछी उर्वसी देख्ने
कप्टी इन्द्रहरु र आडम्बरी तारक हरुको
रासलिलाको घम्साघम्सिमा
रुमल्लिएका चाउरिएका नेपाली
पार्टी कार्यलयको ढोकापाले
नेताको पलङ्ग नजिक जि हजुरी गर्दा
स्खलित नेताको आनन्द लाइ
आफ्नै आनन्द मानेर
कल्पना मा जुरुङ्ग जुरुङ्ग भएर झोक्राउदै छन।

शम्भु गजुरेल
नुवाकोट