‘उपाध्यक्षसँग मातृ शिशु कार्यक्रम’ सुरु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ कार्तिक १५, शुक्रबार


नुवाकाटको शिवपुरी गाउँपालिकामा ‘उपाध्यक्षसँग मातृ शिशु कार्यक्रम’ सुरु एको छ ।
गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य जाँच गराउन र सस्थागत सुत्केरी गराउन प्रोत्साहन गराउने उदेस्यले उक्त कार्यक्रम सुरु गरिएको हो । गाउँपालिका भित्र कुनै महिला गर्भवती भएमा उसको घरमा झण्डा राखिने र गर्भवती जाँच गराउन स्वास्थ्य सस्था गएमा अण्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्वन्धित स्वास्थ्य सस्थाले उपलव्ध गराउनेछ ।
गर्भवती महिलाले बच्चा गर्भमा आएको चार, छ, आँठ र नौँ महिनामा जाँच गराउनुपर्ने हुन्छ । तर कतिपय गर्भवती महिलाहरु नियमित गर्भ जाँच गराउन र सुत्केरी गराउन स्वास्थ्य सस्था नजाने गरेकोले त्यसैलाई मध्यनजर गर्दै गाउँपालिकाले यो कार्यक्रम कार्तिक महिनादेखि सुरु गरेको गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले जानकारी दिनुभएको छ । “ग्रामीण भेग । पोषणको कमीले गर्दा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा समस्या आइरहेको पाइन्छ । त्यस्तो समस्यालाई समाधान गर्ने पहल स्वरुप उपाध्यक्षसँग मातृशिशु कार्यक्रम गाउँपालिकाले सुरु गरेको हो,” उपाध्यक्ष केसीले भन्नुभभयो, “हाम्रो मुख्य उदेस्य भनेको घरमा नै सुत्केरी हुने परम्परालाई सून्यमा झार्नु हो ।”
गर्भवती महिलाले प्रत्येक पटकको गर्भ जाँचबाट एक क्रेट अण्डा, सय रुपैयाँको रिचार्ज कार्डको साथै दुई बालबालिका चिन्ह भएको आयोडिन नुन प्राप्त गर्नेछन् । शिवपुरी गाउँपालिका– ८ मा रहेको थानापती स्वास्थ्य चौकीमा यो कार्यक्रम सुरु भभइसकेको स्वास्थ्य चौकी प्रमुख सिनियर अहेव उद्धव कार्कीले बताउनुभएको छ ।
गाउँपालिकामा ८ वटा स्वास्थ्य चौकी रहेका छन् । सबै स्वास्थ्य चौकीबाट गर्भवती महिलाहरुले यो सुविधा लिन सकिने बताइएको छ ।