खुर्पा प्रहारबाट बालकको मृत्यु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ कार्तिक १५, शुक्रबार

खुर्पा_प्रहार   बालक   मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा खुर्पा प्रहारबाट एक बालकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा नवराज राना मगरको ३ वर्षीय छोरा सुजन राना रहेका छन् । कृष्णबहादुर राना मगरको २८ वर्षीय छोरी  पार्वती राना मगरले शुक्रवार दिउसो खुर्पाले प्रहार गर्दा सुजनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा कोही नभएको समयमा खुर्पाले घाटीमा प्रहार  गरेको बताइएको छ । 
खुर्पा प्रहार गर्ने पार्वतीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको  प्रहरी प्रमुख अविनारायण काफ्लेले बताउनुभएको छ ।