हात्तिगौडाबाट मोटरसाइकल चोरी गर्ने धादिङका लामा पक्राउ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ कार्तिक १९, मंगलबार

मोटरसाइकल चोरी

विदुर नगरपालिका वडा नम्बर ८ हात्तिगौडामा रोकि राखेको मोटरसाइकल चोरी गरेर लैजाने क्रममा धादिङ नेत्रावती गाउँपालिका वडा नम्बर ५ का सागर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    हात्तिगौडामा सुमन घलेको घरको अगाडी पार्किङ गरि राखेको बा ८५ प ५२४३ नं. को २२० सि.सि.को पल्सर मोटरसाईकल चोरी भएको थियो । सूचनाको आधारमा नगर प्रहरी कार्यालय कोलनी र प्रहरी चौकी सामरी नुवाकोटबाट खटिएका  प्रहरी टोलीले पिछा गर्ने क्रममा लामालाई बिदुर नगरपालिका वडा नं.१३ हुलाकघरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
चोरी भएको मोटरसाइकल सहित  लामालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी प्मुख अविनारायण काफ्लेले जानकारी दिनुभएको छ ।