विदुर तेस्रो साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम सम्पन्न

रविन दाहाल
रविन दाहाल

२०७६ कार्तिक २०, बुधबार

विदुर खानेपानि

विदुर नगरपालिकाको  वडा नम्बर १० गेर्खुले एक सूचना जारी गरी खानेपानीको पाईप बिछ्याउने स्थानमा सहयोग पु¥याउन आग्रह गरेको छ । वडा नम्बर १० को बेत्रावती पुरानो बाटो हुँदै पाईप लाईन बिछ्याउने सहमति भएपनि खेतीबालीका कारण रोकिदै आएकोमा हाल खेतीबाली नभएकाले उक्त क्षेत्रमा पाईप बिछ्याउनु अगाडी खेतीपाती नगरीदिन सूचना मार्फत आग्रह गरिएको छ । वडा नम्बर १० ले जारी गरेको सूचनामा उक्त क्षेत्रमा यथासिघ्र खानेपानिको पाईप बिछ्याउने कार्य हुन गैरहेको हुँदा बाली नलगाइ सहयोग पु¥याउनको लागी कृषकलगायत सरोकारवालाहरुलाई आग्रह गरिएको छ । विदुर खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाबाट सञ्चालित खानेपानी आपुर्तिमा कमी भई नेपाल सरकारको सहयोगमा तेश्रो साना सहरी आयोजना मार्फत कार्य अगाडी बढिरहेको छ । विदुर नगरवासीलाई स्वच्छ पानी खुवाउने लक्ष्यसहित निर्माण भइरहेको विदुर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको ९० प्रतिशत काम सकिएको विदुर खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाका सचिव रघुनाथ सरमालले जानकारी दिनुभएको छ । 
दुई वर्षमा आयोजनाको निर्माण कार्य सकिने गरी विसं २०७३ साल जेठ १४ गते सम्झौता भएको थियो । तोकिएको समयमा काम नसकिए पछि पहिलो पटक ३ सय ५१ दिनमा बाँकी काम सकिने गरि अर्थात विसं २०७६ जेठ १४ गते सम्मको लागि समय थप गरिएको थियो। थप गरिएको उक्त समयमा पनि आयोजना सम्पन्न नभए पछि २ सय ४५ दिनको लागि अर्थात आउदो माग १४ गतेसम्मलाई समय थपिएको थियो । दोस्रो पटक समय थपिएको निर्धा्रित समय सकिन मात्र तीन महिना मात्र बाँकी रहेको छ । 
बाँकी रहेको ३ महिनामा जसरी पनि काम सम्पन्न गर्न आयोजनालाई जिल्लाको सरोकारवालाहरुले निर्देशन दिएका छन्। बेत्रावतीदेखि भैसेसम्मको साढे दुई किलोमिटरमा र ढुङ्गेदेखि गंगटेसम्म पर्ने बजार क्षेत्रमा पाइपलाइन बिछ्याउन स्थानीयबाट अवरोध आइरहेको गुनासो आयोजना पक्षले गरेपछि नुवाकोट क्षेत्र नम्बर २ का संघीय सांसद नारायणप्रसाद खतिवडाले त्यसको समाधानको लागि वडा स्तरदेखि संघ सम्मको जनप्रतिनिधिले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

विदुर खानेपानि

आयोजना सम्पन्न गर्न पटकपटक समय थपिरहँदा सरकारको समेत बदनामी हुने भएकोले कहिँकतै अवरोध सिर्जना भएमा जनप्रतिनिधि, प्रशासन, प्रहरी, नागरिक समाजसँगै बसेर अवरोधको बाटो खोल्नको लागी सांसद खतिवडाले निर्देशन दिनुभएको छ । 
यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आयोजनालाई सफल बनाउन नगरपालिकाले दिनरात नभनि सहयोग गरिरहेकोले अन्तिम चरणमा आएर अवरोध भयो भन्नु आयोजनाको बाहानाबाजी मात्र भएको बताउनुभएको छ । 
आयोजनाको सुरुको लागत ८१ करोड ८२ लाख रुपैयाँ रहेको थियो। आयोजना सम्पन्न गर्न उक्त रकम अपुग हुने देखेर बजेट थप गरी ८५ करोड ९० लाख रुपैयाँ पु¥याइएको छ । अहिलेसम्म बितिय प्रगति ८० दशमलव ९१ प्रतिशत भएको आयोजनाले जनाएको छ । सर्वे गरिएको वर्ष अनुसार आयोजना सम्पन्न भएपछि नगरपालिकाको १, २, ४, ५, ६, ८ र ९ वडाका ५ हजार ४ सय २५ घरधुरीका ६० हजार ७ सय ५८ जनसङ्ख्याले सहज रुपमा खानेपानीको उपभोग गर्न पाउनेछन्।

विदुर खानेपानि

फलाखु खोलाको मुहानबाट पानी ल्याएर सञ्चालन गर्न लागिएको यस आयोजनामा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। आयोजनाको निर्माण कार्य तुदी कन्सट्रक्सनले गरिरहेको छ । ‘विदुर खानेपानी तथा उपभभोक्ता संस्था’ मार्फत सञ्चालन हुने यो योजनामा दुई पटकसम्म सयम थप भइसकेकोले बाँकी समयमा आयोजना सम्पन्न गर्नुको विकल्प नरहेको अध्यक्ष नारायाणबहादुर खनालले बताउनुभएको छ ।

विदुर खानेपानि

यससंगै ‘गल्छी त्रिशुली मैलुङ स्याफु्रवेसीको सडकको काम पनि सँगै अघि बढिरहेकोले सडकको संरचनामा बाधा नपुगोस् भनेर पाइप लाइन विच्छाउदा ग्रामीण बाटोलाई प्राथमिकता दिदै आएको अध्यक्ष खनालले बताउनुभएको छ । त्यहि क्रममा केही नागरिकको जमिन र भौतिक संरचनाले निर्माण कार्यमा अवरोध पुगेको हो,’ खनालले भन्नुभयो, ‘जस्तो समस्या आए पनि सामना गर्दै हाम्रो सस्था, आयोजना, निर्माण कम्पनी, सरोकारवाला सबै प्रतिवद्ध छन् । जसरी पनि बाँकी ३ महिनामा काम सम्पन्न गर्न सक्छौँ भन्नेमा प्रतिवद्ध छु।’

विदुर खानेपानि