सुनखानीको बृताचौरमा शहिद स्मृति रंगशालाको सिलन्यास

प्रकाश खनाल
प्रकाश खनाल

२०७६ कार्तिक ३०, शनिबार

शहिद स्मृति रंगशालाको सिलन्यास

प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले कुनै राजनैतिक विचार र आस्थाको क्षेत्रलाई माथी उठाउन भन्दा पनि १३ वटै जिल्लाको विकासको लागि  प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । 
    शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीको बृता चौरमा शहिद स्मृति रंगशाला सिलन्यास गर्न आउनुभएका सामाजिक विकास मन्त्री दुलालले प्रदेश ३ भित्रको जिल्लाहरु सेवा सुविधाको हिसावले सम्पन्न भएता पनि त्यसलाई गुणस्तरिय कसरी बनाउने भन्नेमा गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँले खेलले नै मानव जीवनलाई फूर्तिलो र तन्दुरुस्त राख्न सहयोग गर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै प्रदेश सरकार खेलकुदको विकासको लागि लगानी गर्दै आइरहेको बताउनुभएको छ । खेल क्षेत्रमा लगानी गर्नु भनेको अनुत्पादक क्षेत्रमा लगानी गर्नु हो भन्ने गुनासो आउनेगरेको भन्दै मन्त्री दुलालले तत्काल प्रतिफल नदेखिए पनि खेल क्षेत्रमा गरिएको लगानी खेर नजानी र भविष्यमा उत्कृष्ट खेलाडीहरु उत्पादन हुने बताउनुभएको छ । 
  

शहिद स्मृति रंगशालाको सिलन्यास

 यस्तै प्रदेश ३ सरकारका उपसभामूख राधिका तामाङले समग्र नुवाकोट जिल्लालाई अन्य जिल्लाको तुलनामा उत्कृष्ट बनाउन पहल जारी रहेको बताउनु भएको छ । कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, जस्ता क्षेत्रमा लगानी भित्रिरहेकोले  कार्यान्वयनमा जोड दिन सबै पक्ष एकजुट हुनु आवस्यक रहेको बताउनुभएको छ । उहाँले शिवपुरीमा जस्तै विदुर नगरपालिकामा पनि रंगशाला निर्माणको चरणमा रहेको बताउनुभएको छ ।
    यस्तै रंगशालाको सिलन्यास कार्यक्रममा बोल्दै प्रदेश संसाद बद्रि मैनाली, पूर्व सांसद राजेन्द्र लोहोनी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थपा, उपाध्यक्ष मञ्जु केसी , वडा नम्बर ७ का वडा अध्यक्ष माधव भेटुवाल लगायतले तोकिएकै समयमा रंगशालाको निर्माण कार्य सकाउन सहकार्य र पहलको आवस्यक रहेको बताएका छन् ।
         शिलन्यास गरिएको शहिद स्मृति रंगशालाको पूननिर्माण आगामी पुस मसान्तभित्र सकिसक्ने लक्ष्य राखिएको छ । उक्त रंगशाला निर्माण गर्न प्रदेश ३ सरकारको १ करोड १४ लाख रुपैयाँ लगानी रहेको छ ।