दोहामा प्रथम नेपाल आइडल बुद्ध लामाको बेजोड प्रस्तुती हुँदै

मणी लामा
मणी लामा

२०७६ मंसिर १, आईतबार

बुद्ध लामा

प्रथम नेपाल आइडल बुद्ध लामाले सोनाम ल्होसारको उपलक्ष्यमा कतारको दोहामा बृहत सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती पस्तुत गर्ने भएका छन् । आइडल लामाले नेपाल प्रवासी तामाङ समाज कतारको निम्तोमा मन्जुश्री सम्बत २८५६ सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रममा दमदार प्रस्तुती दिने भएका हुन । नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा आउदो २०२० जनवरी २४ तारिख शुक्रबारका दिन कतार स्थित रमणीय स्थान अम्वाज क्याम्प २ मिसाइदमा हुने उक्त साँस्कृतिक कार्यक्रममा आइडल बुद्ध लामा संगै चर्चित सेलो गायक सन्जिव वाइबा तामाङ, चर्चित सेलो गायिका अन्जु लामा तामाङ, चर्चित म्हेन्दोमाया गायक राम गोम्जा तामाङ नेपाल बाट कतार आउने भएको छ । तामाङ समाज कतारकै कलाकारहरुले तामाङ जातिको संस्कृति झल्काउने टुंना र डम्फू, लामा, बोन्बो, गोडा नाच लगायतको प्रस्तुति रहने तामाङ समाज कतारका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक गौतम तामाङले जानकारी दिनुभएको छ ।
 

बुद्ध लामा

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण“ भन्ने मुल नारा लिएर सन् २००५ मा स्थापना भएको समाजले तामाङ समुदायको संस्कार, संस्कृति, रितिरिवाज परम्पराको संरक्षण सम्बर्द्धनको लागि महत्त्वपूर्ण भुमिका खेल्दै स्थापनाकाल देखि नै समय अनुकूल सोनाम ल्होछार लगायत विभिन्न जनचेतनामुलक कार्यक्रम हरु गर्दै आइरहेको समाजका अध्यक्ष धिरेन तामाङले जानकारी दिनुभएको छ । 
 

बुद्ध लामा बुद्ध लामा बुद्ध लामा