तामाङ कलाकार संघ कतारको अध्यक्षमा सोमन तामाङ 

मणि लामा
मणि लामा

२०७६ मंसिर १, आईतबार

 तामाङ कलाकार संघ

नेपाल तामाङ कलाकार संघ कतारको तेस्रो अधिबेशनले सोमन तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निरबिरोध चयन गरेको छ । दोहामा सम्पन्न अधिबेशनले नव निर्वाचत कार्यसमितिको प्रथम उपाध्यक्षमा नवराज तामाङ, द्धितिय उपाध्यक्षमा सुकमान तामाङ, महासचिवमा ईन्द बहादुर तामाङ, सचिवमा रबिन्द्र तामाङ, कोषाध्यक्षमा सोम बहादुर तामाङ, सह–कोषाध्यक्षमा छिरिङ तामाङ, सदस्यहरुमा एलिना ग्लान तामाङ, मोहन थिङ तामाङ, मान बहादुर तामाङ, शम्सेर तामाङ र अस्मिता तामाङलाई चयन गरेको छ 
सन् २०१६ मा स्थापना भएको तामाङ कलाकार संघको लुकेका कला प्रतिभा लाई उत्थान गर्ने उदेश्य रहेकोे छ । यसअघि संघको प्रथम उपाध्यक्षको रुपमा काम गरिसकेका नव निर्वा्चित अध्यक्ष तामाङले आफुलाई सर्बसहमत रुपमा अध्यक्ष बनाई सामजिक कार्य गर्ने मौका दिने सबैमा आभार व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ, म्हेन्दोमाया समाज कतारका प्रथम उपाध्यक्ष गौतम तामाङ, संरक्षक सुक बहादुर तामाङ, तामाङ समाज कतारका प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङ, अन्तर्रा्ष्ट्रिय समन्वय परिषद संयोजक शंखलाल तामाङ, काभ्रेपलान्चोक सेवा समाज कतारका अध्यक्ष नारायण बिष्ट, लिस्ल घले समाज कतार का अध्यक्ष आयुष घले, सुन्दर नेपाली लगायतको उपस्थिति रहेको थियो । 
 

 तामाङ कलाकार संघ