नवसञ्जीवनी माध्यामिक विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ मंसिर १, आईतबार

नवसञ्जीवनी माध्यामिक विद्यालय

नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रमेशकुमार महतले विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरुको भविष्यमाथी कोइकसैले खेलवाड गर्नु नहुने बताउनुभएको छ ।
    पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कविलास कठेरीमा रहेको नवसञ्जीवनी माध्यामिक विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्नुहुदै युवा नेता महतले स्थानीय सरकार राजनैतिक आस्थाको आधारमा कुनै विद्यालयलाई बजेट प्रशस्त हाल्ने कुनैलाई बजेट नै नहाल्ने गरेको पाइएकोले नेपाली काङ्ग्रेस त्यसको खवरदरीमा सधै तयार रहेको बताउनुभभएको छ । स्थानीय तहले कुनै विद्यालयलाइृ काख कुनै विद्यालयलाई पाखा गर्न नहुने भन्दै युवा नेता महतले  सबै सरकारी विद्यालयलाई समान व्यवहार गर्न आग्रह गर्नुभएको छ ।
    
 

नवसञ्जीवनी माध्यामिक विद्यालय

कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष नारायणबहादुर पाण्डेले केन्द्रिय सरकारले राष्ट्रिय शिक्षा निति जारी गरीसकेकोले स्थानीय तहले शिक्षा सम्वन्धी निति नियम बनाउन बाटो खुलेको बताउनुभएको छ । उहाँले विद्यालयमा शैक्षिक सुधारको लागि अभिभावक, शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र स्थानीय तह सबैको जिम्मेवारी बरावर हुने बताउनुभएको छ । उहाँले यस विद्यालयको  शैक्षिक बिकासको लागि एक लाख रुपैयाँ सहयोगको उद्घोष गर्नुभएको छ ।


  

 

नवसञ्जीवनी माध्यामिक विद्यालय

 यस्तै दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले छिमेकी स्थानीय तह भित्र रहेको विद्यालयको कार्यक्रममा सहभागी हुदा अनुभव आदानप्रदान हुने र आफ्नो स्थानीय तहमा शैक्षिक सुधारको लागि सहयोग पुग्ने बताउनुभएको छ । उहाँले स्थानीय तह शैक्षिक सुधारको लागि प्रयासरत रहेका बताउनुभएको छ ।
    यस्तै पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष सीता पराजुलीले गाउँपालिकाभित्र रहेको सरकारी विद्यालयहरुको शेक्षिक उन्नतीको लागि प्रयासरत रहेको बताउनुभएको  ।  


 

नवसञ्जीवनी माध्यामिक विद्यालय

कार्यक्रममा सत्याल पव्लिकेशन प्रालिका म्यानेजिङ डाइरेक्टर अश्विन सत्यालले ४ लाख रुपैयाँ बराबरको स्मार्ट वोर्ड प्रदान गर्नुभएको छ । यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विधुतिय प्रविधिको माध्यमबाट  अध्यापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मिश्रले बताउनुभएको छ ।  कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले आफ्नो सात पुस्ता जन्मेको जन्म गाउँमा रहेको सामुदायिक बिद्यालयलाई नजिकै रहेको बोडिङ्ग स्कुल सरह शैक्षिक गुणस्तरमा बृदि गर्दै १० कक्षा सम्म नै अंग्रेजि माध्यमवाट पठनपाठन गराउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । यसै शिसशिलामा हाल बाल कक्षा देखि   तीन कक्षा सम्म नैअग्रेजि माध्यममा पठनपाठन भइरहेको अध्यक्ष मिश्रले बताउनुभएको छ ।

 

नवसञ्जीवनी माध्यामिक विद्यालय

कार्यक्रममा बोल्दै जि पि कोईराला फाउन्डेसन नुवाकोटको अध्यक्ष तथा नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता रमेशकुमार पाठकले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्यहरु बैकुण्ठ मिश्र, उपेन्द्र कुइकेल अभिभावक विद्यार्थी  लगायतको सहभागिता रहेको थियो । 
    कार्यक्रममा विद्यालयले स्मार्ट वोर्ड प्रदान गर्नुहुने अश्विन सत्याललाई सम्मान गरेको छ । साथै कक्षा गत रुपमा उत्कृष्ट भएका विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रामेश्वर मिश्रले जानकारी दिनुभएको छ ।

नवसञ्जीवनी माध्यामिक विद्यालय