गुडविल एकेडेमीलाई पराजित गर्दै देविघाट सस्कृत मा.वि. फाईनलमा

रविन दाहाल
रविन दाहाल

२०७६ मंसिर १४, शनिबार

अन्तर बिधालय क्रिकेट

नुवाकोट क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालित जिल्लाब्यापी अन्तर बिधालय क्रिकेट प्रतियोगीताको आजको खेलमा गुडविल एकेडेमीलाई पराजित गर्दै देविघाट सस्कृत मा.वि. फाईनलमा प्रवेश गरेको छ । 
टस जितेर पहिले ब्याटिङ रोजेको देविघाट सस्कृत मावीले निर्धा्रित २० ओभरको खेलमा पूरा खेल्दै ९ विकेटको क्षतिमा ९० रन बनाएको थियो । देविघाटको तर्फबाट सुभाष गुरुङ्गले नटआउट ३४ रन र श्रीतेश राईले १४ रन बनाए । बलिङतर्फ गुडविलका बिकाश कुमालले ३ विकेट लिनुभएको थियो । 
९१ रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको गुडविलले २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाउदा ९ रनले पराजित बन्न पुगेको छ । गुडविलको तर्फबाट अमिक कुमालले २४ रन र बिकाश कुमालले १३ रन बनाउनुभएको थियो  । बलिङतर्फ देविघाट सस्कृतका राजिव भन्डारी र सुभाष खतिवडाले समान २÷२ विकेट लिएका थिए । खेलमा देविघाट सस्कृतका सुभाष गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए । 
फाईनल खेल भोलि बिहान १० बजे अर्किड बि र सस्कृत मावीबिच हुनेछ ।