ल्होछार लाई विश्वव्यापी गराउदै नेपाल प्रवासी तामाङ समाज कतार ः सहकोषाध्यक्ष तामाङ

मणी लामा
मणी लामा

२०७६ माघ २, विहिबार

नेपाल प्रवासी तामाङ समाज कतार

राक्ष्ट्रिय पर्व सोनाम ल्होछार नजिकिदै गर्दा ल्होछार लाई लक्षित गरेर ल्होछार किन र कसरी मनाइन्छ भन्ने बारे नेपाल प्रवासी तामाङ समाज कतारको सहकोषाध्यक्ष एवं “मन्जुश्री सम्बत २८५६ सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२० का कार्यक्रम सहसंयोजक सुवास तामाङसँग नुवाकोट न्युजडटकमले कतारको दोहाबाट गरेको कुराकानीको सम्पादित अंश । धादिङ जिल्ला निलकण्ठ नगरपालिका  वडा नम्बर  १४  निवासी सुबास तामाङ बिगत ५ बर्षदेखि कतार एयरलाइन्समा कार्यरत हुनुहुन्छ । उहाँले आफ्नो फुर्सदको समय समाजसेवा र तामाङ समुदायको हितको लागि सामाजिक कार्यमा खर्चिने गर्नुहुन्छ । प्रवासमा दैनिकी आफ्नो कर्ममा ब्यस्त रहेता पनि आफ्नो जातिको भाषा , धर्म, संस्कार संस्कृति र रितिरिवाज लाई निकै माया गर्ने उहाँ म्हेन्दोमाया समाज कतारको सचिवालय सदस्य पनि हुनुहुन्छ ।
१. नुवाकोट न्युजडटकम मा यहाँ लाई स्वागत छ ।
धन्यवाद नुवाकोट न्युजडट्कम लाई । नेपाल प्रवासी तामाङ समाजको कतारको तर्फबाट र मेरो व्यक्तिगत म सुबास तामाङको तर्फबाट ल्हास्सो फ्याफुल्ला अनि नमस्कार ।
२. ल्होछार भनेको के हो? किन मनाइन्छ संक्षिप्त बताई दिनुस् न ।
ल्होछार भनेको हामी तामाङ समुदायको चाड अर्थात  नया वर्ष  हो ल्होछार दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होछारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । हिजो हाम्रो पुर्खाहरुले पहिले देखिनै मनाउदै आइरहेको चाड अर्थात् पर्व हो ल्होछार । ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा  पशुपंछी र जीव जन्तुका नामबाट राखिएको हुन्छ । जस्त,ै मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो ल्होछार मान्ने समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । हरेक वर्ष एक वटा जनवारको नाममा फेरिने ल्हो अर्थात नयाँ वर्ग वा वर्ष अन्तरगत  माघशुक्ल प्रतिपदा  दिन मन्जुश्री  संवत २८५५ फग ल्हो  सुगुंर वर्गको  विधाइ गर्दै अहिले हामी मन्जुश्री सम्वत २८५६ जीवा ल्हो  मुसा वर्ग लाई स्वागत गर्ने तयारीमा छौ । 
३. ल्होछार नजिकिदै गर्दा, नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछारको व्यापक प्रचारप्रसार मा जुटिरहेको देखिन्छ यसको उदेश्य के हो?
नेपाल प्रवासी तामाङ समाज कतारले यो सोनाम ल्होछार लाई व्यापक प्रचारप्रसार गर्नुको उदेश्य भन्नुभयो  तामाङ समाज कतारले अहिले मात्र हैन हिजो स्थापनाकाल  २००५ देखिनै प्रवासीनु भएको तामाङ दाजुभाई दिदिबहिनीहरु लाई प्रवासमा रहेता पनि आफ्नो भाषा, धर्म ,लिपि सस्कार संस्कृतिलाई जगेर्ना गर्नको लागि साथै नेपाल बाट व्यवसायी तथा रोजगारीको सिलसिलामा कतार आइपुगेका  तामाङ तथा गैर तामाङ दाजुभाई , दिदीबहिनीलाई समेट्न को लागि साथै भिजिट नेपाल २०२० लाइ सहयोग पुर्याउने उदेश्यले र नेपाली तथा अन्य देशको नगरिकहरु माझ पुर्याउने उदेश्यले हामीले प्रचारप्रसार लाई व्यापक बनाएको हो ।

 

नेपाल प्रवासी तामाङ समाज कतार

४. प्रवास मा आफ्नो समुदायको संस्कार संस्कृतिको जगेर्ना गर्छु भनेर परम्परागत रुपमा कार्यक्रम आयोजना गर्न कतिको सहज छ ?
प्रवासमा कार्यक्रम आयोजना गर्न त्यति सजिलो र सहजता छैन हामी प्रवासमा रोजगारीको लागि आएको हो त्यसैले हामीले प्राथमिकता आफ्नो कामलाइ दिनुपर्छ तथापि हामि १० घण्टा डिउटिको बाबजुत हप्ताको एक दिनको छुट्टी र बचेको थोरै समयलाइ मिलाएर काम गर्नुपर्ने हुन्छ, यहाँका कानुनको पालना गर्नपर्ने हुन्छ र सम्बन्धित निकायबाट अनुमति लिनको लागि एकदमै र्गाहो छ, तर प्रवासमा रहेता पनि आफ्नो समुदायलाई माया गर्नुहुने दाजुभाई दिदीबहिनी को सहयोग सद्भाव हुदा खुशी लाग्छ र काम गर्न उर्जा मिल्छ ।
५. राष्ट्रिय पर्व सोनाम ल्होछारको क्षेत्राधिकार फैलाउन तामाङ समाज कतारले कस्तो किसिमको भुमिका खेलेको छ ?
हामीले हरेक बर्षमा प्रवासमा रहेपनि ल्होछारलाई केही हदसम्म भएपनी तामाङ समुदायको संस्कृति झल्काउने झाँकी, भेषभुषाको साथै अरु समुदाय माझ ल्होछारको संरक्षण एबम  प्रबर्द्धन गर्ने कार्यक्रम गर्दै आइरहेको छ। पक्कै पनि यसले हाम्रो राष्ट्रिय पर्व सोनाम ल्होछारलाई विश्वब्यापी  गराउने भुमिका खेलेको छ साथै नेपाल को पूर्व पश्चिम को तामाङ दाजु भाई दिदीबहिनी लाई एक जुट बनाउने भूमिका खेलेको छ ।
६. २४ जनवरी मा ल्होछार कार्यक्रमको आयोजना गर्नु भएको छ यस कार्यक्रमको मुख्य आकर्षण के हो?
हाम्रो २४ जनवरी ल्होछार कार्यक्रमको मुख्य आर्कषक भनेको नेपाल देखि आमन्त्रित अथिति कलाकार हरुको बेजोड प्रस्तुतिको साथमा स्थानीय कलाकार हरुको विभिन्न मनोरन्जनात्मक प्रस्तुति को साथै तम्बा,बोम्बो, लामा फपारे गित सेलो , म्हेंदोमाया लगायत बिबिध सस्कृति झल्किने झाकी हरु मुख्य आकर्षक रहेको छ ।   
७. नेपालबाट कोको आउदै हुनुहुन्छ ?
नेपाल देखि आमन्त्रित अथिति कलाकार हरु नेपालको पहिलो नेपाल आइडल बुद्ध लामा , नेपाल तामाङ कलाकार संघ को वर्तमान अध्यक्ष  सन्जिब वाईबा , सेलो गायिका अन्जु लामा तामाङ बरिस्ठ म्हेंदोमाया गायक राम गोम्जा आउदै हुनु हुन्छ ।

 

नेपाल प्रवासी तामाङ समाज कतार

८. अन्त्यमा, शुभचिन्तक हरुलाई के भन्न चाहनु हुन्छ ?
सर्वप्रथम  फेरी एक पटक नुवाकोट न्युज परिवार लाइ धेरै धेरै धन्यवाद । अन्त्यमा शुभचिन्तक हरुलाई  आउदै गरेको मन्जुश्री सम्वत २८५६ सोनाम ल्होछार जिवा ल्हो मुसा बर्गको  हार्दिक मंगलमय शुभकामना (ल्होछार ला ज्याबाडान्बा) साथै  यहि २४ जनवरी २०२० मा नेपाल  प्रवासी तामाङ समाज कतारले आयोजना गरेको  मन्जुश्री २८५६ सोनाम ल्होछार जीवा ल्हो मुसा वर्ग  बृहत साँस्कृतिक कार्यक्रममा कतारको मिसाईद स्थीत अम्वाज क्याम्प(२ मा उपस्थितिको लागि  सम्पूर्ण  शुभचिन्तक तथा ल्होछार प्रेमी हरुलाई  हृदय देखि नै चुले निम्तो दिन चाहन्छु र  यसपाली को ल्होछार हामी कतारमा कार्यरत तामाङ तथा गैर तामाङ दाजुभाई , दिदीबहिनी हामी सँगै हासी खुसिका  साथमा बसेर मनाउना अनुरोध गर्दछु । हार्दिक निमन्त्रणा गर्दछु ।