सुर्यगढी गाँउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ माघ ७, मंगलबार

राष्ट्रपति रनिङ शिल्ड

सुर्यगढी गाँउपालिकाको आयोजनामा सञ्चालन भएको सुर्यगढी गाँउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा गणेश माध्यामिक बिद्यालय हल्देकालिकाले पहिलो स्थान हासिल गरेको छ । ९ स्वर्ण, ९ रजत र ५ कास्य सहित गणेश माविले पहिलो स्थान हासिल गर्न सफल भएको हो । 
यसैगरी, ६ स्वर्ण, ६ रजत र ७ कास्य सहित कालिका माध्यामिक बिद्यालय हल्देकालिकाले दोश्रो स्थान हासिल गर्न सफल भएको छ । यसैगरी, बागेश्वरी माध्यामिक विद्यालय चोकतेले ६ स्वर्ण, ६ रजत र ३ कास्य सहित तेश्रो  स्थान हासिल गरेको खेलकुद समिति संयोजक दिपक नेपालीले जानकारी दिनुभएको छ ।
 

राष्ट्रपति रनिङ शिल्ड

प्रतियोगिताको समापन कार्यक्रममा गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले मानव जिवन स्वस्थ तन्दुरुस्तीको लागी खेलकुद आबश्यक रहेको बताउनुभएको छ । 
अध्यक्ष घलेले खेलकुदलाई प्रगति प्राप्त हासिल गर्नको लागी दिर्घकालिन कार्ययोजना बनाउँदै सुर्यगढीलाई खेलकुदमा अगाडी बढाउन प्रत्येक बिद्यालयमा १÷१ जना खेलकुद प्रशिक्षक शिक्षक नियुक्ति गर्ने बताउनुभएको छ । प्रतियोगितामा सुर्यगढी गाँउपालिकाका ६ वटा माध्यामिक बिद्यालयहरुको सहभागिता रहेको शिक्षा समिति संयोजक रमेश गिरीले जानकारी दिनुभएको छ । 
 

राष्ट्रपति रनिङ शिल्ड

You may also like: