छैटौँ नुवाकोट महोत्सबको आवश्यक तयारी अन्तिम चरणमा 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ माघ १०, शुक्रबार

छैटौँ नुवाकोट महोत्सब

नुवाकोटको बट्टारमा सञ्चालन हुन लागिरहेको छैटौँ नुवाकोट महोत्सबको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । 
नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा हुन लागिरहेको ‘छैटौँ नुवाकोट महोत्सब २०७६’ को व्यबस्थापनका कार्यहरु सबै अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यही माघ १६ ेदेखि २६ गतेसम्म हुन लागेको महोत्सबमा स्टल र स्टेज निर्माण, खेलकुदका सामाग्रि जडान एंव सञ्चालन लगायतका कामहरु भैरहेको  महोत्सव आयोजक समितिका संयोजक ताराबहादुर कार्किले बताउनुभएको छ ।  
उहाँका अनुसार महोत्सवको उद्घघाटनको लागी १६ गते अपरान्ह १ बजे नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानि राणा आउने बताईएको छ । ब्यबसायिहरुको संस्थाले आयोजना गरेको महोत्सबका कारण राजनिति रहित बनाउनको लागी उद्धघाटनमा महासंघका अध्यक्ष राणा ल्याउन लागेको नुवाकोट उद्ययोग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्किले बताउनुभएकोछ  । महोत्सबमा एतिहाँसिक कला सस्कृतिको सम्बद्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्धन भन्ने नारा सहित पर्यटन, उद्योग, कृषिमा बिकास साथ आर्थिक समृद्धि र सामाजिक तथा साँस्कृतिक अधिकारको महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गर्न लागिएको बताईएको छ । नुवाकोटमा यसअघि सञ्चालनमा रहेका विभिन्न किसिमका महोत्सव भन्दा फरक तथा पृथक बनाउन लागिएको अध्यक्ष कार्किले बताउनुभएको छ । 

छैटौँ नुवाकोट महोत्सब

महोत्सवमा नुवाकोटका बिभिन्न समुदायले प्रयोग गर्ने भेषभूषा, भाषा, धर्म, सस्कृति, खाना, पहिरन, लवज, पर्व तथा चाड लगायतलाई समेत प्रस्तुत गर्न लागिएको छ । महोत्सबमा झाक्री सांस्कृतिक प्रदर्शनी, जिल्लास्तरीय नृत्य प्रतियोगिता, लोपोन्मुख बालन भजन तथा पञ्चे बाजा प्रतियोगिता राखिएको छ । कृषि तथा लघु उद्यम सामग्रीको बिक्रि अटोमोबाइल प्रदर्शनी तथा बिक्री, निःशुल्क स्वास्थ्य शिविर, धार्मिक संस्कृतिक पहिचान तथा अवलोकन, लोकदोहोरी प्रस्तुति, लोपोन्मुख सांस्कृतिक प्रदर्शनी साथै नेपालको चर्चित कलाकारहरुको साङगितिक प्रस्तुतीहरु रहने संघका द्धितिय उपाध्यक्ष शन्तोष उप्रेतीले बताउनुभएको छ । 
महोत्सब लाई सव्य तथा भब्य रुपमा सफल बनाउनको लागी नुवाकोटका १२ वटै स्थानिय तहहरु सह आयोजक, बिभिन्न संघ तथा संस्थाहरु सहयोगि संस्थाको रुपमा रहेका छन् । यस्तै, नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाई रहेकाले नुवाकोटमा पर्यटकहरुलाई आकर्षण गर्ने बिषयहरुलार्य समेत प्राथमिकता दिएको आयोजकले जनाएको छ । 
महोत्सब स्थलमा आईपुगेका सबै नागरिकहरुलाई नुवाकोट जिल्लाको समग्र चिनारी, धार्मिक एतिहासिक एवं पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिने ब्यबस्थापन समेत मिलाएको संघका सदस्य ध्रुवकुमार रावलले जानकारी दिनुभएको छ  । 
 

छैटौँ नुवाकोट महोत्सब

You may also like: