प्रथम नेपाल आइडल बुद्धसहित सन्जिव, राम,अन्जुले तताए कतार ः फोटो फिचर 

मणी लामा
मणी लामा

२०७६ माघ ११, शनिबार

नेपाल प्रवासी तामाङ समाज

नेपाल प्रवासी तामाङ समाज कतारले आयोजना गरेको मन्जुश्री सम्बत २८५६ सोनाम ल्होछार (जिवा ल्हो) बृहत् साँस्कृतिक कार्यक्रम भब्यता का साथ सम्पन्न भएको छ । कार्यक्रम मा प्रथम नेपाल आइडल बुद्ध लामाले “सानि नानी नरिसाउ मलाई फकाउन आउदैन“ र चर्चित सेलो गायक तथा संगीतकार सन्जिव वाइबाले “तामाङ गोइलो लाउदा हजुर कति राम्री देख्ने“ लगायत दर्जनौं सेलो सांगितमा धुम मचाएका थिए । त्यस्तै नेपाल बाटै आमन्त्रित चर्चित सेलो गायिका अन्जु लामा र चर्चित म्हेन्दोमाया गायक राम गोम्जाले आधा दर्जन भन्दा बढी सेलो र म्हेन्दोमाया गित सांगितमा उत्कृष्ट मनोरञ्जन दिएका थिए  ।

नेपाल प्रवासी तामाङ समाज

धिरेन तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेल, एनआरएन सिसि कतारका प्रथम महासचिव पदम गिरिलगायत तमु गुरुङ समाज कतारले ल्होछारको शुभकामना दिदै ब्यानर ¥याली समेत गरेका थिए । 
उक्त कार्यक्रममा तमु गुरुङ समाज कतारका अध्यक्ष भाइ काजी गुरुङ लगायत कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि हरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि भुजेलले कार्यक्रम लाई सम्बोधन गर्दै, “जनजाति नेताहरुले आफ्नो लागि मात्रै नभई सिंगो समुदायको लागि लड्न आग्रह गर्नु भएको थियो ।
 

नेपाल प्रवासी तामाङ समाज

अधिकार प्राप्तिको लागि कुनै पनि राजनीतिक दलको सिद्धान्त लाई त्यागेर समुदायको सिद्धान्तमा आउन समेत उहाँले आग्रह गर्नुभएको छ  । कार्यक्रमका सभापति धिरेन तामाङले औपचारिक कार्यक्रमको समापन गर्दै, सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संयोजक गौतम तामाङको स्वागत मन्तव्य बाट सुरुभएको बृहत् साँस्कृतिक कार्यक्रममा संस्थापक संरक्षक मिलन तामाङ (माइला वाइवा) ले ल्होछारको बारेमा  जानकारी गराउनुभएको थियो ।

नेपाल प्रवासी तामाङ समाज

औपचारिक कार्यक्रमको संचालन विशेष सल्लाहकार तेज मोक्तान तामाङले गर्नु भएको थियो भने साँस्कृतिक कार्यक्रम सह कोषाध्यक्ष सुवास तामाङ र नुवाकोटे चेली मणि लामाले संचालन गर्नुभएको थियो । कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्किने नाच नृत्य हरुको प्रस्तुति सँगै तामाङ समाज कतारकै सक्रिय कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो ।

नेपाल प्रवासी तामाङ समाज नेपाल प्रवासी तामाङ समाज