कतारको सन्ध्या ग्रुपमा क्षेत्री

मणी लामा
मणी लामा

२०७६ माघ १९, आईतबार

सन्ध्या ग्रुप

सन्ध्या ग्रुप अल्खोर कतारको छैटौं अधिबेशनले गणेश क्षेत्री अध्यक्षमा निर्बिरोध  निर्वाचित हुनुभएको छ । छैटौ अधिबेसनले प्रथम उपाध्यक्षमा सन्तोष केसि, द्वितीय उपाध्यक्षमा राज रुजाल, महासचिवमा प्रेम घिसिङ तामाङ, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा नारायण हमाल, सहकोषाध्यक्षमा सन्जिव खाती चयन हुनुभएको छ । सदस्यहरुमा प्रकाश बोहोरा, सुबास खनाल, भोला श्रेष्ठ,ज्योति भट्टराई, बिबिसा लुइँटेल, नवराज कार्की, पामेल उपाध्याय चयन हुनुभएको छ । 

समाज बिकासमा प्रबासीको योगदान भन्ने उदेश्यका साथ सन २००२ मा स्थापना भएको सामाजिक र साहित्यकार हरुको छुट्टै इतिहास बोकेको सन्ध्याग्रुप अल्खोर कतारको छैटौं  अधिबेशन साथै ७७ औं वाचन डबली तथा बिबिध साँस्कृतिक कार्यक्रम मार्फत उक्त कार्यसमिति चयन गरिएको हो । 

सन्ध्या ग्रुप


एनआरएन एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहभागी साहित्यकार हरुले रचना वाचन गरेका थिए भने कलाकार हरुले गायन र नृत्य प्रस्तुत गरेका थिए । सन्ध्या ग्रुप अल्खोर, कतार स्थापना काल देखि साहित्य, साँस्कृतिक, खेलकुद र सामाजिक कार्यमा अगाडि रहेको कार्यक्रमका वक्ताहरुको भनाई रहेको छ  । कार्यक्रममा पारेर सन्ध्या ग्रुप अल्खोर कतारले कतारमा स्थापित सहकार्य संस्था हरु लगायत साहित्यकार, कलाकार हरुलाई सम्मान स्वरुप सम्मान प्रमाणपत्र प्रदान गरेको थियो ।
 

सन्ध्या ग्रुप