माघ २५ देखि २८ सम्म प्रथम पञ्चकन्या चेयरमेनकप भलिबल प्रतियोगिता

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ माघ २०, सोमबार

पञ्चकन्या चेयरमेनकप

खेलकुद मार्फत सम्वन्ध वृद्धि, स्वस्थ जनशक्ति, पर्यटन विकास र समृद्धि भन्ने नारा सहित प्रथम पञ्चकन्या चेयरमेनकप भलिबल प्रतियोगिता हुने भएको छ ।
यहि माघ २५ गते सनिवारदेखि २८ गते मंगलबारसम्म भलिवल प्रतियोगिता हुने बताइएको छ । पञ्चकन्या गाउँपालिका लाकुरी भञ्ज्याङ नुवाकोटको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । 
पञ्चकन्या गाउँपालिका वडा नम्बर २ पुरानीडाडा मिश्रगाउँमा हुन लागेको प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट समापन गरिने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष रमेश तामाङले जानकारी दिनुभएको छ । 
प्रतियोगिताम “एक पालिका एक टिम” लाई सहभागि गराउने लय लिइएको छ । टिम दर्ता गर्ने अन्तिम मिति २२ गते बुधबारसम्म तोकिएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।
 

You may also like: