पुस्कर तामाङको गजल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ माघ २१, मंगलबार

पुस्कर तामाङ


जीवन के हो त्यही बेला ऐकिन भएको थ्यो 
जुनबेला छाक टार्न कठिन भएको थ्यो !१! 

मेरा बा को थाप्लोभरी नाम्लोको डाम देख्दा 
हँसिलो यो मुहारपनि मलिन भएको थ्यो!२! 

समयलाई सुम्पी दिएँ यो जिन्दगी मैले 
के गर्नु र जीवन उस्कै अधिन भएको थ्यो!३! 

म मुग्लानि नभएर के हुन्थे र साथी 
शिरभरी साहुको ऋण आसिन भएको थ्यो!४! 

आँखाबाट आँशु खस्छ म मुस्कुराउँदा जब 
तब सोच्छु मेरो जन्म कुनदिन भएको थ्यो!५!

पुष्कर तामाङ 

तादी गाउँपालिका -३, नुवाकोट