सडकको दुरावस्थाको कारण नुवाकोट ओझेलमा ः उपसभामुख तामाङ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ माघ २३, विहिबार

उपसभामुख तामाङ

नुवाकोट जिल्लामा अवस्थित पर्यटकीय स्थलहरुसम्म पुग्नको लागि यातायातको राम्रो सुविधा नहुदा समस्या भएको बागमती प्रदेशका उपसभामुख राधिका तामाङले बताउनुभएको छ । माघ १६ गतेदेखी जारी रहेको छैठौँ नुवाकोट महोत्सवलाई संवोधन गर्दै उपसभामुख तामाङले नुवाकोट काठमाडौँको नजिकै भएपनि पर्यटकीय हिसावले विकास गर्न समस्या भइरहेको बताउनुभएको छ । विशेष गरी ककनीलाई नगरकोटसँग तुलना गरिएपनि सडकको कारण समस्या भएको बताउनुभएको छ । 
जिल्लाको साततले दरवार, भैरवी मन्दिर, देविघाटको जालपादेवी मन्दिर, दुप्चेश्वर महादेवको मन्दिर, सूर्यचौर लगायतको पर्यटकीय स्थलहरुको विकासको लागि पर्यटन व्यवसायीहरु लागि परेको भन्दै उपसभामुख तामाङले  राजनैतिक दलहरु पनि त्यसको पक्षमा उभिनुपर्ने बताउनुभएको छ । उदेस्य प्राप्तिको लागि राजनैतिक दलहरु सार्वजनिक स्थलमा आवाज ठूलो बनाउन भन्दा काममा लगनशील हुनुपर्ने उहाँले बताउनुभएको छ । 

उपसभामुख तामाङ

यस्तै,वागमती प्रदेशका उपसाभुख तामाङले मेला महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकलाका सामान लगायतका बस्तुलाई प्राथमिलामा राखिने भनिए पनि आयोजक त्यसमा चुक्दै आएको बताउनुभएको छ । कृषि उत्पादन र पर्यटन हिसावले महत्वपूर्ण रहेको जिल्ला नुवाकोट भए पनि महोत्सवको स्टलहरुमा त्यस्ता चिजविजहरु न्यून मात्रमा रहेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिदिन समेत आग्रह गर्नुभएको छ । 
    “धार्मिक ऐतिहासिक कला सस्कृतिको सम्वद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन” भन्ने नारा सहित सञ्चालन भइरहेको छैठौँ नुवाकोट महोत्सवको आठौँ दिनमा प्रताप दास, टीका सानु, शिवहरी बैरागी, दमन रुपाखेती, आशा तामाङ, रिना केसी लगायतले साङ्गितिक प्रस्तुती प्रस्तुत गरेका थिए । 

You may also like: