प्रथम पञ्चकन्या चेयरमेनकप भलिबल प्रतियोगिताको तयारी तिब्र

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ माघ २३, विहिबार

पञ्चकन्या चेयरमेनकप भलिबल प्रतियोगिता

खेलकुद मार्फत सम्वन्ध वृद्धि, स्वस्थ जनशक्ति, पर्यटन विकास र समृद्धि भन्ने नारा सहित प्रथम पञ्चकन्या चेयरमेनकप भलिबल प्रतियोगिताको तयारी तिब्र बनाईएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डबाट उदघाटन, काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबाट समापन
पञ्चकन्या गाउँपालिका वडा नम्बर २ पुरानीडाडा मिश्रगाउँमा हुन लागेको प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट  र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट समापन गरिने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष रमेश तामाङले जानकारी दिनुभएको छ । अध्यक्ष तामाङले सडक निर्माण र पुलपुलेसा निर्माण गर्नुमात्र विकास नभई समग्र शिक्षा स्वास्थ्य खेलकुद लगायतको क्षेत्रलाई पनि पञ्चकन्या गाँउपालिकाले प्राथमिकता दिइरहेको बताउनुभएको छ । उहाले ७ सय ५३ स्थानीय तह मध्ये पञ्चकन्या पनि एक हो भनेर चिनाउन हरेक क्षेत्रमा गाउँपालिका भित्रका नागरिकहरुलाई प्रतिष्पर्धामा ल्याउन लगानी गरिरहेको बताउनुभएको छ ।
प्रतियोगिताम “एक पालिका एक टिम” लाई सहभागि गराउने लक्ष्य लिइएको भए पनि सूर्गगढी गाउँपालिका बाहेक अन्य ११ वटा स्थानीय तहको  टिम दर्ता भएको गाउँपालिकाका प्रसासकिय अधिकृत नरेश पडासैनीले बताउनुभएको छ । उहाँको अनुसार प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख रुपैयाँ, दोश्रो हुने टिमलाई ७५ हजार रुपैयाँ र तेश्रो हुने टिमलाई ५० हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

पञ्चकन्या चेयरमेनकप भलिबल प्रतियोगिता

यस्तै  १३औँ साग प्रतियोगितामा जिल्लाबाट सोर्णपदक विजेता खेलाडीहरुलाई नगद रुपैयाँ सहित सम्म्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रतियोगितालाई विवाद रहित वातावरणमा सम्पन्न गर्न सबैसँग समन्वयात्मक भूमिका निभाउदै खेलका नियमहरु प्रत्येक स्थानीय तहको खेलाडी टिमहरुसम्म पुराइसकेको प्रमुख प्रशासमिय अधिकृत नरेश पुडासैनीले बताउनुभएको छ ।
पञ्चकन्या गाउँपालिकाको आयोजनामा हुन लागेको उक्त भलिवल प्रतियोगिता यहि माघ २५ गते सनिवारदेखि २८ गते मंगलबारसम्म हुने प्रचारप्रसार संयोजक एवम वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिनुभएको छ । 

You may also like: