जिवित देवि कुमारीहरुको संरक्षण र सम्बद्र्धन गर्दै ह्युमत महिला समुह 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ फाल्गुन १५, विहिबार

जिवित देवि कुमारीहरु

ह्युमत महिला समुह काठमाडौले नेपालको विभिन्न स्थानमा विराजमान रहेको जिवित देवि कुमारीहरुको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गरिरहेको छ । 
समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरु रहेको स्थानमानै हजारौ भक्तजनहरुका साथ २०७० साल देखी पुजा सूरु गरेको  थियो । समुहले २०७३ सालमा दोश्रोपटक पुजा गरी २०७६मा तेश्रोपटक बृहत कुमारी पुजा गर्ने कार्यक्रम रहेका ह्युमत महिला समुह काठमाडौका अध्यक्ष मचानानी महर्जनले जानकारी दिनुभएको छ ।
समुहले गत माघ ११ गते उपत्यकाको ८ जिवित देवि कुमारीहरुको पुजा सम्पन्न गरी फागुन १७ गते नुवाकोटमा रहेको जिवित देवी कुमारीको पुजा गर्ने कार्यक्रम रहेको छ । शनिबार नेकपाका बरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भैरवीदेवी मन्दिरको प्राङ्गणमा पुजा गर्ने कार्यक्रम रहेको समाजसेवी एवं नेकपा नुवाकोटका नेता पुर्णलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।  
नेपालमा नुवाकोटमा रहेको नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, साँखु कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवि कुमारीहरुको रुपमा पुँजिदै आएको छ । 

You may also like: