आज मातातीर्थ औंसी, लक डाउनले खल्लो बनायो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ बैशाख ११, विहिबार

मातातीर्थ औंसी

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउनुभएको छ । 
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मान पूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । 
आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठामीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र उहाँहरुबाट आशीर्वाद ग्रहण गर्ने चलन रहेको छ । तर कोराना भाईसरका कारण लकडाउन र दुरी कायम गर्नपर्ने भएकाले यसबर्षको आजको आमाको मुख हेर्ने दिनलाई भने खल्लो बनाएको छ । 
 

You may also like: