यसरी सम्भव भयो रेडियोबाट परीक्षाफल सार्वजनिक गर्ने काम

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ बैशाख १२, शुक्रबार

रेडियोबाट परीक्षाफल सार्वजनिक

कपिलदेव खनाल
अध्यक्ष, पत्रकार महासंघ नुवाकोट

बैशाख ११, २०७७ मा नुवाकोटबाट प्रशारण हुने टिभि त्रिशुली र सात वटा एफएम रेडियोहरुबाट एउटा विद्यालयको बार्षिक परीक्षफलको नतिजा सार्वजनिक भयो । नुवाकोटको सन्र्दभमा विल्कुलै फरक अनुभव र प्रयोगको रुपमा रहेको आम सञ्चारका माध्यमबाट विद्यालयको परीक्षाफल सार्वजनिक गर्ने प्रयास सम्भवत अन्यत्र पनि नभएको वा कमै भएको हुनुपर्छ । विश्व महामारीको रुपमा रहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११, २०७६ देखि अहिलेसम्म नेपाल लकडाउन (बन्दाबन्दी) मा छ । नेपाल मात्रै होइन विश्वका लगभग सबै देशहरु अहिले लकडाउनको अवस्थामा छ । मानिस–मानिस बीचको भौतिक वा शारिरिक दुरी कायम गर्नका लागि गरिएको लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष प्रभावित पारिरहेको छ । यो अवस्थामा नियमित हुने पर्ने काम, गतिविधि र अभियान ठप्प प्रायः छ ।

विदुरमा रहेको पृथ्वी मावि बर्षेनी एसईई परीक्षामा सर्वोकृष्ट नतिजा सहित तारिफको केन्द्रमा रहँदै आएको छ । एक दशक भन्दा पनि कम समयमा गरिएको सुधारमुखी ब्यवस्थापनले पृथ्वी माविलाई ‘यहाँबाट त्यहाँ’ पु¥याएको छ । विद्यार्थी, अभिभाव, शिक्षा र नतिजाका लागि ‘क्रियटिभ’ काम हुँदै आएको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने एक किसिमको औडाह र उकुसमुकुसमा हुनुहुँदो रहेछ । बैशाख १० गते राती मलाई फोन आयो । परीक्षाको नतिजा तयार पारेर राखिएको तर अभिभावक र विद्यार्थीहरु माझमा एकै साथ पु¥याउने बिकल्पको खोजीमा उहाँ हुनुहुँदो रहेछ ।  विद्यालयमा नतिजा टाँस गरेर सामाजिक सञ्जालमा राख्ने विकल्प उहाँसित थियो । तर त्यो गर्दा पनि आम अभिभावकहरु ईन्टरनेटको पहुँचमा नरहेकोले कम प्रभावकारी हुने बुझाई उहाँकै देखियो । फेरि अभिभावकहरु बन्दाबन्दी छल्न र जीवन सहज पार्न विदुर र आसपासलाई छाडेर आफ्नो पुख्यौली ठाउँ वा गाउँतिर फर्किएको अवस्था पनि छ । यो अवस्थामा एफएम रेडियोलाई प्रयोग गरेर नतिजा प्रकाशन गर्ने तरिका मैले उहाँलाई सुझाएँ । उहाँ तुरुन्तै तयार देखिनुभयो र सुरु भयो रेडियोबाट विद्यालयको नतिजा प्रकाशन गर्नका लागि गृहकार्य ।

एफएम रेडियोबाट कुनै विद्यालयको नतिजा सार्वजनिक गर्नु एउटा क्रमभङ्गता थियो । मानिसहरुले के भन्छन्, वा कुन कुन कोणबाट बहश हुनसक्दा भन्ने सामान्य आँकल पनि मनमनै नगरेको होइन । तर अहिलेको अवस्थामा यही तरिका बढि सान्र्दभिक ठानें । भर्खरै सुरु भएको नुवाकोट रेडियो सञ्जालका सदस्य रेडियोहरुलाई यो प्रस्ताव पठाएँ, सबैले सहर्ष स्विकार गर्नुभयो । सातवटा एफएम रेडियोहरु रेडियो त्रिशुली, रेडियो जालपा, नुवाकोट एफएम, रेडियो सञ्जिबनी, मिक्स एफएम, गज्जवको रेडियो र रेडियो भैरबीमा एकैसाथ परीक्षाको नतिजा प्रशारण गर्ने आन्तरिक सहमती जुट्यो । सबैको अनुकल समय अपरान्ह साढे चार बजे उपयुक्त भएपछि स्कुलका प्रधानाध्यापक बाबुराम सरलाई समय प्रस्ताव गरेँ । नतिजलाई पुनः हेर्ने र अन्तिम रुप दिँदा दिउँसोको समय नै उपयुक्त हुने भएपछि उहाँहरु नतिजालाई अतिम रुपम दिनतिर लाग्नु भयो, हामी रेडियोमा प्रशारण गर्नका लागि चाहिने तरतम्यतिर लाग्यौं । विद्यालयमै गएर रेकर्ड गर्ने, विद्यालयबाटै टेलिफोन प्रयोग गरेर प्रत्यक्ष प्रशारण गर्ने, स्टेशनमै बोलाएर प्रत्यक्ष प्रशारण गर्ने वा स्टेशटमा उहाँहरुलाई बोलाएर रेकर्ड गरेर साढे चार बजे प्रशारण गर्ने । हामीसति यही विकल्पहरु थिए । यसमध्यै एउटा विकल्प छनौट गरेर त्यसको तयारी तिर लागियो । त्यसबेलासम्म फोनमै भइरहेको सम्वाद, तयारीले अन्तिम रुप लिने बेला करिव दिउँसोको १ बज्नै लाग्दा भयो ।

प्रधानाध्यापक बाबुराम लामिछाने र सहायक प्रधानाध्यापक विश्वराज भट्टराई रेडियो त्रिशुलीको स्टेशनमा आउनु भयो । यो बीचमा मेरो योजना केही फेरिसकेको थियो । रेडियोबाट मात्रै किन टेलिभिजनबाट पनि प्रशारण गरु भनेर तयारी सुरु गरिसकेको थिएँ । टिभि त्रिशुली र रेडियो त्रिशुलीको स्टेशन एकैठाउँमा भएरै मलाई सजिलो भइरहेको थियो । टिभिका समाचार प्रमुख भाई सुजित भण्डारीलाई स्टेशनमा बोलाएर रेडियोमा प्रस्तुत गर्ने विद्यालयको बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्यक्रमलाई रेडियोकै स्टेशनमा छायाङ्कन गर्ने भनिसकेको थिए । रेडियो त्रिशुलीका प्राविधिक बहिनी प्रितिका थापा तयारी अवस्थामा थिए । टिभिको ‘लाइट’लाई रेडियोको स्टुडियोमा सार्ने काम भइसकेको थियो । यी सबैको जोरजम्मा र व्यवस्थापनका लागि रेडियोका स्टेशनम्यानेजर शर्मिला उप्रेती लागेका थिए ।

प्रधानाध्यापक बाबुराम सर र सहायक प्रधानाध्यापक विश्वसरले रेडियोको स्टुडियोमा बसेर नतिजा रेकर्ड गर्नुभयो । विश्वसरसित एफएम रेडियोमा लामो समयसम्म कार्यक्रम प्रस्तुत गरेको अनुभवका कारण पनि झन् सजिलो भयो । मलाई मनमनै भइरहेको खुल्दुली चाँही अनुत्र्तिण हुने विद्यार्थीहरुको नाम यसरी आम सञ्चारका माध्यामबाट भन्दा विद्यार्थीमा के चोट पर्ला भन्ने थियो, तर उहाँहरुको तयारी उत्र्तिण विद्यार्थीको नाम र प्राप्ताङ्क मात्रै भन्ने गरि भएको रहेछ । मेरो कौतुहलता पहिलो कक्षाको नतिजा सुन्दा नै शान्त भयो । करिव साढे १ बजेतिर सकिएको रेकर्डिङलाई साढे चार बजेबाट सात वटै एफएम रेडियो, टिभि त्रिशुलीमा एकसाथ प्रशारण गरियो । संगै टिभिको युटुयुव च्यानल, रेडियोहरुको अनलाईन पेज, फेसबुक पेजबाट पनि प्रशारण भए । 

प्रशारण सुरु भएसंगै अधिकांश टिप्पणीहरु सकारात्मक आए । ओहो ! लकडाउनले नतिजा पनि सार्वजनिक गर्न पाइएन भनेर बसेका हामीलाई यो सिकाईको रुपमा रह्यो, हामीले पनि यसरी गर्दा त हुने रेछ नि भन्ने केही विद्यालयका शिक्षकहरु पनि भेटिनु भयो । अब उहाँहरुले यसैगरी नतिजा सार्वजनिक गर्नुहुन्छ वा कसो गर्नुहोला, तर रेडियोकर्मको केही वर्षको यो समयमा लकडाउनकै बहानामा भएपनि नयाँ अनुभव प्राप्त गर्ने अवसर प्राप्त गरें । नयाँ काम र अनुभव सृजनाका सहयात्री हुनुहुन्छ ः रेडियो जालपाका जगदीश खनाल, रेडियो भैरबीका देवचन्द्र भट्ट, नुवाकोट एफएमका श्रीराम अधिकारी, रेडियो सञ्जवनीका गमला लामा, मिक्स एफएमका रुपा अर्याल, विष्णु अधिकारी र गज्जवको रेडियोका पुरुषोत्तम बस्नेत ।

(कुराकानीमा आधारित)