ककनीको १ सय ५२ जनाको स्वाव परिक्षणका लागी काठमाडौ लगियो

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ जेष्ठ ७, बुधबार

ककनी गाउँपालिका

फाईल तस्विर

ककनी गाँउपालिकाको वडा नम्बर १ र २ मा आरटिडी परिक्षण गरिएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा वडा नम्बर १ को कागतीगाँउ र वडा नम्बर २ को सिसडोलमा ३ सय ३३ जनाको आरडिटी परिक्षण गरिएको ककनी स्वास्थ्य शाखा प्रमुख जिवन भट्टराईले बताउनुभएको छ । उहाँका अनुशार १४ जनामा आरटिडी पोजेटिभ देखिएको छ । १४ जना सहित प्रभावित क्षेत्रका १ सय ५२ जनाको स्वाव परिक्षणका लागी काठमाडौ पठाईएको बताउनुभएको छ । 
बिहिबार सम्ममा उहाँहरुको रिपोर्ट आईसक्ने ककनी स्वास्थ्य शाखा उपप्रमुख बिनायक मैनालीले बताउनुभएको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागी जेठ १२ गतेसम्म ककनी गाँउपालिका पुरै सिल्ड गरिएको छ । 

You may also like: