कोरोनापछि केसी परिवार निरन्तर जनताको सेवामा, फेरीपनि स्वास्थ्य सामग्रीहरु बितरण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ ७, बुधबार

शोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्ट

यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले ज्वरो नाप्ने थर्मोमिटर थर्मलगन र मास्कहरु बितरण गरेको छ । जिल्लाको बिदुर नगरपालिका भित्रका ६ वटा स्वास्थ्य संस्था,  किस्पाङ र म्यागङ गाउँपालिकाका १२ स्वास्थ्य संस्थालाई थर्मोमिटर थर्मलगन र मास्कहरु वितरण गरिएको ट्रष्टका महासचिव जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ । ट्रस्टले म्यागङको देउरालीमा गएर किस्पाङ र म्यागङका स्वास्थसंस्थाहरुलाइ हस्तान्तरण गरेको हो । यसैक्रममा नेपाली काँगेसका केन्द्रीय सदस्य एवं ट्रस्टका संरक्षक अर्जुननरसिंह केसीले त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि अस्पतालको कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धि पूर्वतयारीको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

अस्पतालमै पुगी नेता केसीले जिल्ला स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरे र त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईसंग जिल्लाको समग्र स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

शोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्ट

उहाँहरुले नेता केसीलाई अवस्थाका बारेमा अहिलेको जानकारी गराएका थिए । नेता केसीले अहिलेको अवस्थामा कोरोना भाईरस संग विश्वनै त्रसित रहेकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन त्रिशुली अस्पताल प्रशासनलाई सुझाव दिनुभएको छ । यसअघि, कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागी स्वास्थ्य ट्रस्टले विभिन्न समयमा नुवाकोटका सबै स्थानिय तहहरु र स्वास्थ्यकर्मी, प्रहरीलगायत अग्रभागमा रहेर कार्य गर्नेहरुका लागी स्वास्थ्य सामग्रीहरु वितरण गरिसकेको छ ।  

You may also like: