त्रिशुली अस्पताललबाट स्वाव परिक्षणका लागी पठाएका नौ जनाकै रिर्पोट नेगेटिभ 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ १०, शनिबार

 स्वाव परिक्षणका  स्वाव परिक्षणका

नुवाकोटको त्रिशुली अस्पतालमा गत जेठ ६ गते कोरोना भाईरसको आरडिटि रिर्पोर्टमा पोजेटिभ देखिएका ८ जना र आईसोलेसनमा रहेका १ जना गरी ९ जनाको पिसिआर रिर्पोर्ट नेगेटिभ देखिएको छ । 
त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईका अुनसार स्वाब संकलनका लागि पठाइएका सबै ९ जनाको पिसिआर नेगेटिभ देखिएको हो । 
डाक्टर राईका अनुसार पिसिआर रिर्पोर्ट नेगेटिभ आएपछि अस्पतालमा आईसोलेसनमा रहेका र क्वारेन्टटाईनमा रहेकाहरुलाई डिस्चार्ज गरिएकोे छ । 

You may also like: