ईन्द्रायणिचौरका भुकम्प पिडितलाई नहटाउ ः  नेपाली कांग्रेस नुवाकोट 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ १२, सोमबार

नेपाली कांग्रेस नुवाकोट 

लकडाउनका बेला विदुर नगरपालिका वडा नं. १ ईन्द्रेणीघाटका बासिन्दालाई जबरजस्ती नहटाउन नेपाली कांग्रेस नुवाकोटले आग्रह गरेको छ । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले एक विज्ञप्ति जारी गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ इन्द्रेणीघाटमा अस्थायी बसोबास गर्दै आएका परिवारहरूलाई सो ठाउँबाट हटाउने विदुर नगरपालिकाको निर्णयप्रति ध्यानाकर्षणभएको जनाउनुभएको छ । त्यसविरुद्ध त्यहाँका बासिन्दाले जेठ ९ गते शुक्रबार गरेका विरोधको घटनाप्रति पनि नेपाली कांग्रेस नुवाकोटको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । 
इन्द्रेणीघाटको सार्वजनिक चउरमा २०७२ साल बैशाख १२ गतेको भूकम्पको समयदेखि बस्दै आएका नागरिकहरुलाई उपयुक्त समयमा सम्मानजनक तरिकाले पठाउनुपर्ने माग नुवाकोट काँग्रेसको छ । उनीहरूको गाउँ ठाउँमा फर्काउने र इन्द्रेणीघाटको जमिनलाई सार्वजनिक हितमा उपयोग गर्ने पक्षमा नेपाली कांग्रेस पनि रहेको विज्ञप्तिमा उल्लेख छ । तर, कोविड–१९ को महामारीले सिङ्गो मानव जाति आतङ्कित भएको र लकडाउन कायम रहेको बेला विदुर नगरपालिकाले उनीहरूलाई जबरजस्ती हटाउनु जायज नभएको जिल्ला सभापति केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेस नुवाकोट 

भूकम्पको सङ्कटका बेला आफ्नो बस्ती असुरक्षित भई अस्थायी रूपमा इन्द्रेणीघाटमा बस्न पाएकै आधारमा त्यहाँ बसोबास गर्नेहरूले सधैँका लागि सार्वजनिक जग्गा ओगट्न खोज्नु पनि गतल हुने नुवाकोट काँग्रेसको धारणा छ । तर महामारीको समयमा अस्थायी बसोवासबाट नै भएपनि जबर्जस्ती हटाउनु गलत हुने काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले बताउनुभयो । 
विदुर नगरपालिकालले प्राविधिक शिक्षालय स्थापनका लागि विदुर नगरपालिका वडा नं. १ को ईन्द्रायणीचौरलाई छनौट गरेको छ । जहाँ भुकम्पपछि विस्थापित भएर आएकाहरु बसोवास गरिरहेका छन् । उनीहरुको आफ्नो थातथलोमा घर बनिसेकेकोले ३५ दिन भित्र छाडेर जान अघिल्लो हप्ता विदुर नगरपालिकालले आग्रह गरेको छ । 

You may also like: