च्वाडी मावि विदुरमा एकसय बेडको जिल्लास्तरीय क्वारेन्टाईन निर्माण हुने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ १३, मंगलबार

जिल्लास्तरीय क्वारेन्टाईन

बिदुर नगरपालिका वडा नम्वर ५ को च्वाडी पब्लिक माध्यमिक बिद्यालयमा एकसय बेडको जिल्ला स्तरीय क्वारेन्टाईन निर्माण हुने भएको छ । 
नेपालमा कोरोना संक्रमणको अवस्थाको बिश्लेषण र नेपाल तथा जिल्ला बाहिरबाट आउनसक्नेहरुको संख्याको अनुमानका साथै जिल्लाका स्थानीय तहहरुमा रहेका क्वारेन्टाईनहरुबाट स्थानान्तरण समेत गर्नुपर्ने अवस्थाको बिश्लेषणपछि च्वाडी माध्यमिक बिद्यालयमा जिल्लास्तरीय क्वारेन्टाईन निर्माण गर्न लागिएको हो । 
क्वारेन्टाईन निर्माणका लागि आवश्यक स्रोत साधन जिल्लाका स्थानीय तहहरुले ब्यहोर्ने र क्वारेन्टाईनमा बस्नेहरुको खाना लगायतको बन्दोबस्तीको ब्यवस्था सहित नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सञ्चालनको जिम्मेबारी नेपाली सेनाको जब्बरजंग गणलाई दिएको छ । 
जेठ ५ गतेको बैठकबाट जिल्ला बाहिरबाट कुखुराका चल्ला आयातमा रोक लगाएकोमा जोखिम रहित क्षेत्रबाट स्थानीय प्रशासनको अनुमति लिएर चल्ला ल्याउन दिने निर्णय समेत भएको छ ।
 

You may also like: