मानुषि लघुबित्तद्धारा ककनी गाँउपालिकालाई रकम सहयोग 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ जेष्ठ १३, मंगलबार

मानुषि लघुबित्त

ककनी गाँउपालिकाको वडा नम्बर ४ रानिपौवामा रहेको मानुषि लघुबित्त बित्तिय संस्थाले गाँउपालिकालाई रकम सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत यस कोराना भाईरसको महामारीको समयमा गाउँपालिकालाई २५ हजार रुपैयाँ सहयोग गरेको संस्थाका शाखा प्रमुख हरिलोचन नेपालले जानकारी दिनुभएको छ ।  कोरोना भाइरस नियन्त्रण तथा राहत ब्यबस्थापनको लागि उक्त संस्थाले गाँउपालिकाका अध्यक्ष मानबहादुर लामालाई चेक हस्तान्तरण गरेको छ । यसअघि ककनीको वडा नम्बर ६ जुरेथुममा रहेको आशा लघुबित्त बित्तिय संस्थाले पनि १२ हजार रुपैयाँ रकम गाँउपालिकालाई सहयोग गरेको थियो । सहयोग रकम गाँउपालिकाको  प्रकोप व्यवस्थापन  कोषमा जम्मा गरिएको गाँउपालिकाले जनाएको छ ।
 

You may also like: