भारतबाट १२ जना भित्रिएपछि शिवपुरीका स्थानियमा तनाव

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ १३, मंगलबार

 शिवपुरीका स्थानियमा तनाव

पछिल्लो समयमा शिवपुरी गाउँपालिकामा भारतबाट १२ जना भित्रिएका छन् । वडा नं. १ तलाखुका ५ जना, वडा नं. २ छापका १ जना, वडा नं. ३ लिखुका २ जना, वडा नं. ६ को १ जना र वडा नं. ७ का ३ जना भित्रिएका हुन् । 
सिमानाकामा क्वारेन्टाइन अवधि पुरा गरेर आरडिटी टेष्ट गरि आएका उनीहरुलाई गाउँमा व्यवस्थापनमा भने समस्या भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । भुमेदेवी माविमा बनाइएको क्वारेन्टाइनमा ६ जनालाई राख्ने तयारी गरिएको छ । बाँकी रहेका ६ जनालाई वडा नं. ६ गुर्जेको कालिका माविमा बनाइएको क्वारेन्टाइनमा राख्न खोज्दा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । 
स्थानीय बासिन्दाले त्यहाँ राख्न नदिएपछि उनीहरुलाई गाउँपालिकाको पुरानो भवनमा राखिएको थियो । तर त्यहाँ पनि अवरोध हुन थालेपछि अहिले उनीहरुलाई अभिभावक बोलाएर जिम्मा लगाउने र आफ्नै घरमा होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने योजना बनाइएको अध्यक्ष थापाले बताउनुभयो । उनीहरुले नुवाकोट प्रवेश गरेपछि पनि आरडिटी परिक्षण गराएका छन् । सबैको रिपोर्ट नेगेटिभ आएको छ । तर पनि स्थानीय बासिन्दाको अवरोधका कारण गाउँ फर्किएकाहरुको व्यवस्थापनमा समस्या भएको हो ।
 

You may also like: